१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

अध्यक्ष तिमिल्सिनाले सुविधा बढाउन सकिँदैन भनेपछि जब कर्मचारीले माइक बिगारिदिए…

अध्यक्ष तिमिल्सिनाले सुविधा बढाउन सकिँदैन भनेपछि जब कर्मचारीले माइक बिगारिदिए…
अ अ+ अ-

काठमाडौँ । संसद सचिवालयले १६ औँ संसद सेवा दिवस मनाइरहेको छ । संसद सेवा दिवस मनाइरहँदा भएका गतिविधिहरुले सबैको ध्यान तानेको छ । मंगलवार संसद सेवा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको आर्थिक अवस्थामा सुधार नआई संसद सचिवालयको लागि बजेट बढाउन नमिल्ने र जनताको आर्थिक अवस्था कमजोर भएको बेला कर्मचारीहरुले आफ्नो सुविधा थप गर्न माग गर्न नहुने बताउनुभएको थियो ।

अध्यक्ष तिमिल्सिनाको उक्त भनाइबाट रुष्ट संसद सचिवालका कर्मचारीहरुले बुधवार संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा पुस्तक विमोचन र प्राविधिक कुरामा समस्या खडा गरिदिए । तोकिएको समयमा कर्मचारीहरु कार्यक्रम स्थलमा नपुगेको र कार्यक्रममा माइक बिगारिदिएको आरोप अध्यक्ष तिमिल्सिनाले लगाउनु भयो । सेवा, सुविधा अहिले बढाउनसक्ने अवस्था छैन भन्दैमा यस्ता त्रुटीहरु गरेको भन्दै उहाँले घार आपत्ति जनाउनु भयो ।

उहाँले कर्मचारीले जनतालाई दिने सेवा सुविधा र पाउने सेवा सुविधा एक आपसमा जोडिने भन्दै उहाँले कहिले काहीँ सुविधाहरु कम हुँदा पनि सेवालाई अघि बढाउने कुरामा पछि हट्नु नहुने बताउनु भयो । उहाँले विमोचन गर्ने पुस्तक ढिला ल्याउनु, राष्ट्रगान बजाउने बेलामा माइक नै बिगार्नु र प्राविधिक विषयमको व्यवस्थापन नभइकन कार्यक्रम सञ्चालन गर्नु सेवा नै नपुगेर हो ? भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले आफ्ना दायित्व कर्मचारीहरुले पूरा नगरेको कुरा सम्झिने की नसम्झिने भन्दै प्रश्न गर्नुभयो । उहाँले संघीय संसदमा काम गर्ने कर्मचारीले भन्सारको डिजी हुन चाहेको भाषणा गरेको भन्दै आपत्ति जनाउनु भयो ।

अध्यक्ष तिमिल्सिनाले राजनीतिमा सांसद भएपछि मन्त्री हुनुपर्ने, मन्त्री हुन पाएन भने पार्टी फुटाउने काम गर्नु उचित नहुने भन्दै जनताले पुराना पार्टी र नेताहरुलाई यो निर्वाचनमा सुध्रिनका लागि अवसर दिएको समेत बताउनु भयो । उहाँले माइक बिगारेर, कार्यक्रममा अन्टसन्ट गरेर सेवा,सुविधा बढ्छ भन्ने भ्रम पालेर नबस्न आग्रह गर्नुभयो । अध्यक्ष तिमिल्सिनाले आफूले कोही पनि कर्मचारीलाई गोजीबाट पुरस्कृत र बढुवा गरेको देखाउन चुनौती दिँदै त्यस्तो पाए आफूले तत्काल पदबाट राजीनामा दिनेपनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देशभर निर्वाचनको माहोल थियो, अब अन्यत्रको माहोल सकिएको छ, संघीय संसदभित्र निर्वाचन छिरेजस्तो मलाई लागेको छ । बाहिरको निर्वाचनको रौनक अब यहाँ आएको जस्तो भएको छ । हामीले दिने सेवा र हामीले पाउने सुविधा एक आपसमा अवश्य पनि जोडिन्छ । तर यसको मतलव यो होइन की, कहिले काहीँ सुविधाहरु कम हुँदा पनि सेवालाई अघि बढाउने कुरामा हामी पछि हट्नुपर्छ वा त्यसलाई ढिलासुस्ती गर्नुपर्छ, यो हुन सक्दैन ।

म हिजोबाट हेरिरहेको छु, अरु त सबै व्यवस्थापन समितिले संघीय संसदको नेतृत्वले वा नेपाल सरकारले सुविधा दिएर यहाँहरुले भन्नुभएको कमी कमजोरीहरु भएका होलान्, विमोचन गर्ने पुस्तक पनि सेवा नभएर यति ढिला आयो । माइकहरु राष्ट्रगान बजाउने बेलामा, बोल्ने बेलामा सेवा नै नपुगेर मात्रै हो बिग्रिएको ? अनि हामी हाम्रो दायित्व त पटक्कै पूरा नगर्ने, मलाई लाग्छ, केही करारमा बाहेक, सबै लोकसेवा लडेर आउनुभएको छ । लोकसेवा लड्दा खालि सहसचिव, उपसचिव, अधिकृतको प्रतिष्पर्धा मात्रै हेर्नुभयो की ? त्यहाँ जाँदा सेवा, सुविधा के हुन्छ भनेर पनि हेर्नुभयो ? संघीय संसदमा आएर भन्सारको डिजी हुन चाहनेहरु पनि देखियो । कसरी तालमेल मिल्छ यो कुरा ? तपाईहरु कहाँ हुनुहुन्छ ? राजनीतमा हे¥यो, सांसद भएपछि मन्त्री हुनुपर्ने, मन्त्री हुन पाएन भने पार्टी फोड्ने, संसदमा आम रुपमा पुराना राजनीतिक पार्टी, सांसदहरुप्रति जे गुनासो आयो ? त्यो अर्कोको कारणले होइन ।

सुविधा नपुगेको कारणले होइन, आफूले गर्नुपर्ने ड्युटी, इमान्दारिता, अनुशासन र समर्पणका कमीले ती कुराहरु आएका हुन् । यो कुरा सबैले बुझ्नुपर्छ । यो सेवामा न्युनतम सुविधा कटौती भएको छ भने त्यहाँनेर भन्नुहोस् । म घोर आपत्ति व्यक्त गर्दछु । पकेटबाट हामीले कसलाई पुरस्कृत गरेका छौँ ? एक जना देखाउनुस्, प्रमोशन र पुरस्कृत एक जना पनि राष्ट्रिय सभाको अध्यक्षले पकेटबाट गरेको छ भने आज राजीनामा दिन्छु । यस्ता वाहियात कुरा बोल्ने, बोल्न मिल्छ ? आफ्नो ड्युटि पूरा गर्ने र सुविधा पनि लिँदै जाने हो । तर यही तालले विमोचन पुस्तकका लागि यहाँ रोकेर राख्ने ? विधेयक समितिबाट एउटा निर्णय पास हुन्छ, टाइप गरेर अर्कै पठाइएको होइन, हाम्रो दोष हो त्यो । तपाईहरुले सबै राम्रो गर्नुभएको छ ?

आफूले सुधार्नुपर्ने कुरा कतै नबोल्ने, के चाहियो खालि सुविधा, सुविधा चाहिन्छ तर सेवा पनि चाहियो । यही सेवाबाट राम्रो गर्छौं भनेर लोकसेवा लडेर आउनुभएको छ नि । कि झुक्याएको छ । लोकसेवाबाट यहाँ आउने बेलामा धेरै चिज आउँछ, भन्सारमा पनि जान पाइन्छ, मुख्यसचिव पनि हुन पाइन्छ भनेर हामीले रोक्यौँ । तपाईहरुका वृत्ति विकास र सेवाका कुरामा हामी प्रयत्नशील रहनेछौँ । तर त्यसका लागि माइक बिगारेर, कार्यक्रममा अन्टसन्ट गरेर पाउँछौँ भनेर कहिल्यै नसोच्नुस् । यो सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरु पकेटको, मेरो आफ्नो भने र गर्नु नहुनेलाई गरेको छ भने म त्यसको सम्पूर्ण जिम्मा लिन्छु, अन्यथा यस्ता कुरा गरेर कहीँ पुगिँदैन ।’

त्यस्तै संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले अध्ययन बिधाका लागि र क्षमता विकास गर्ने कुरामा संसद सचिवालयले कुनै कर्मचारीलाई नरोकेको बताउनु भयो । उहाँले बढुवाको अनुमोदन गर्ने कुरामा कर्मचारीहरुकै सहजताको लागि आफू ५ बजेसम्म बसेर भएपनि काम गरेको भन्दै साना कामहरुमा झमेला झिकेर नबस्न आग्रह गर्नुभयो ।

उहाँले आफू र व्यवस्थापनलाई प्रशंसा नचाहिएको भन्दै कर्मचारीहरुले आफ्ना जिम्मेवारी र काम पूर्ण रुपमा गर्न र संसदले गरेका कामहरु कमजोर नदेख्न आग्रह गर्नुभयो । कर्मचारीहरु कार्यक्रम छ भनेर अघिल्लो दिन नै जानकारी दिँदासमेत समयमा उपस्थिति नभएको र प्राविधिक कुराहरुमा भएका गल्तीको जिम्मा आफूले लिने बताउनु भयो । उहाँले कर्मचारीहरुले संसदबाट भएका सुधारका कामहरुलाई किन नदेखेको भन्दै प्रश्न गर्नुभयो । उहाँले सरकारका पदाधिकारीहरुले लडेर ल्याएको उपलब्धिलाई अण्डर स्टिमेट नगर्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘४ जना साथीहरु अध्ययन बिधामा छात्रवृत्ति पाएन जानुभएको छ । क्षमता वृद्धिको लागि निर्णय गर्ने भनेर गरिएको छ । एमोयु गर्नुपर्छ भनेर पनि गरिएको छ, अध्ययन बिदा दिएको छ, मलाई बताउनुहोस्, अध्ययन बिदा बाहरि कति गाह्रो छ, प्रत्येक साथीहरुलाई भनेको छु, ग्लोवल कम्पिटीशन गर्नुहोस्, सरकारबाट कन्फर्म सिट आउला र बसौंला भन्नेकुरा छैन । तपाईहरु गर्नुस् हामी बिदा दिन्छौँ । हामीले दिनसक्ने कुरा पो बोल्ने हो छ । युनियनका अध्यक्ष र युनियनका सदस्यहरुलाई थाहा छ, कति प्रयास भएको थियो, बढुवाको सन्दर्भमा भन्दा भएका बढुवाको सामान्य अनुमोदन केही कुराहरु प्राविधिक विषय त्यही बेला दिएको छ । मलाई भन्नुहोस् कुन संस्थामा महासचिव ५ बजे बसेर स्वीकृति गरेको छ ।

मलाई प्रशंसा चाहिएको छैन । व्यवस्थापनलाई प्रशंसा चाहिएको छैन । हामीले आफ्नो ब्राइट कुराहरु कमजोर नदेखाँै । हामी आज आइपुग्दा कर्मचारी साथीहरु नै कार्यक्रम स्थलमा हुनुहुन्न । क्यान्टिनमा गयो, खुट्टा हल्लायो बस्यो । यी कुराहरुमा सुधार गर्नैपर्छ । म युनियनलाई आग्रह गर्न चाहन्छु । युनियनका कुन कुरा महासचिवले सुनेको छैन, व्यवस्थापनले सुनेको छैन, सचिवालयले सुनेको छैन ? मलाई भन्नुहोस् । सम्माननीय ज्युहरुको भावना पनि तपाईहरुले बुझ्नुपर्छ ।

उहाँहरुले हामीबाट सेवा नै चाहने हो । हाम्रो सेवा कस्तो छ त्यसको मूल्यांकन गर्ने अधिकार छ । हामीले पाहुना बोलाएका छौँ, हामीसँग केही छैन त । सुधार छैन ? तपाईहरु देख्नुहुन्न ? हामीले चेन्ज गरेका छौँ । युनियन प्रत्येक स्टेपमा सँगै छ । सेवा सम्बन्धको पुरस्कारको सन्दर्भमा त्यसलाई इंग्नोर गर्ने । हामीले सरकारलाई दिन नसकेपछि हामीले त्यसको रिजल्ट नआइकन के बोल्न मिल्छ । तपाईहरुको बढुवा हामीले कति लढेर ल्याएको हो, सचिवज्युहरुले कति लड्नुभयो । तपाईहरु अण्डर स्टिमेट गर्ने ? त्यो मोटिभेसन हो कि होइन ? कति वर्ष हल्लिएको थियो त्यो कुरा लागू भएको थियो ?’

महासचिव गौतमले कर्मचारीहरुले आफ्ना जिम्मेवारी र दायित्व राम्रोसँग निभाउने हो भने आम नागरिक, सांसद, नेता सबैले त्यसको सलाभ लिने भन्दै कर्मचारीहरुको सेवा सुविधामा पनि नतिजामुखी कामले नै बिस्तार गर्न सकिने बताउनु भयो ।