६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

अर्थतन्त्रबारे सबै दलहरुबीच साझा धारणा र सहमति आवश्यक: वरिष्ठ उपाध्यक्ष ढकाल(भिडियोसहित)

अर्थतन्त्रबारे सबै दलहरुबीच साझा धारणा र सहमति आवश्यक: वरिष्ठ उपाध्यक्ष ढकाल(भिडियोसहित)
अ+ अ-

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रबारे सबै दलहरुबीच साझा धारणा र सहमति आवश्यक रहेको बताउनु भएको छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३औँ बार्षिक साधारणसभा तथा छैठौ महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दे उपाध्यक्ष ढकालले अर्थतन्त्रबारे सबै दलहरुबीच साझा दृष्टिकोण आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो ‘कोरोना अघि नै हामी ठूलो संकटमा थियौं भने कोरोनापछिको अवस्थाबारे त भनिरहनै परेन । आम निर्वाचन भएर नयाँ सरकार बन्ने क्रममा छ अर्थतन्त्रबारे सबै दलहरुबीच साझा धारा र सहमतिको दस्तावेज जारी गरेर कुन बिन्दुबाट कसरी सुधार अघि बढाउने भन्नेमा निजी क्षेत्रलाई सँगै राखेर कार्ययोजना बनाऔं ।’

बरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो ‘यस्तो कार्ययोजना बनाऔं कि जुन कार्यान्वयनको पनि ग्यारेन्टी होस् । टाइमलाइन राखौं । हामी सबै निजी क्षेत्र यसका लागि तयार छौं र अग्रसरताका लागि अब बन्ने नयाँ सरकार समक्ष पनि आग्रह गर्दछौं ।’

राजनीतिक नभै नेपालको एजेण्डा अब आर्थिक समृद्धि हुनु पर्ने कुरा स्मरण गराउदै उहाँले भन्नुभयो ‘अबको यो एजेण्डा स्थापित गर्न आर्थिक पत्रकारहरुको भूमिका महत्वपूर्ण हुन्छ र यसमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) जस्तो संस्थाको अझ विशेष महत्व हुने देखिन्छ ।’ उहाँले अर्थतन्त्रका समाचारले प्राथामिकता पाउन थालेको उल्लेख गर्दै हिजो अखबारको भित्री पेजमा अर्थका समाचार कतै छ कि भनेर खोज्नुपर्ने अवस्थाबाट अहिले पहिलो पानामै ठूला समाचार प्राथमिकताका साथ छापिइरहेका स्मरण गर्नुभयो । आर्थिक समाचारलाई केन्द्रका राखेर अनलाइनहरू सञ्चालन हुनु सुखद भएको भन्दै उहाँले तथ्यगत र त्रुटीरहित बनाउन संञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । उहाँले आर्थिक पत्रकार संघलाई सरकार र निजी क्षेत्रलाई जोड्ने पुलको काम गर्न पनि सुझाब दिनुभयो ।

निजी क्षेत्रको आवाज सरकारसमक्ष पुर्याउने तथा सरकारका नीति नियमहरुका अस्पष्टताका सम्बन्धमा स्पष्ट पार्नेगरी हामी निजी क्षेत्रलाई बुझाउने काममा यहाँहरुको अग्रसरताको अपेक्षा हामीले गरेका छौ ढकालले भन्नुभयो । निजी क्षेत्रलाई फस्टाउनै नदिने सरकारका कतिपय नीति नियम र काम कारबाहीका सम्बन्धमा आलोचनात्मक चेत राख्न पनि आर्थिक पत्रकारहरुसंग उहाँले आग्रह गर्नुभयो ।