९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्लाही अन्तर्घातबारे प्रचण्डद्वारा दुवै पक्षसँग छलफल

सर्लाही अन्तर्घातबारे प्रचण्डद्वारा दुवै पक्षसँग छलफल
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनका समयमा सर्लाहीमा भएको अन्तर्घातका सम्बन्धमा दुवै पक्षसँग छलफल गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार दुवै पक्षका नेतालाई बोलाएर निर्वाचनमा भएको अन्तर्घातका विषयमा उहाँले छलफल गर्नुभएको हो ।

उहाँले पार्टी पोलिटब्यूरो सदस्य रामेश्वर राययादव, अच्युतम काफ्ले, प्रदेश इन्चार्ज गणेश साह तथा हरिवन, बागमती र बरहथवा नगरपालिकाका पार्टी कमिटीका नेताहरुसँग छलफल गर्नुभएको हो ।

प्रदेश इन्चार्ज साहका अनुसार अध्यक्ष प्रचण्डले दुवै पक्षको कुरा सुन्नुभएको र केन्द्रीय समिति तथा स्थायी समितिमा छलफल हुने जानकारी दिनुभएको छ ।

साहले भन्नुभयो, “विषय दर्ज भएको छ, समितिका बैठकमा हुने छलफलमा दोषी भएको वा नभएको सबै खुल्छ, अहिले केही भन्न मिल्दैन, यो अन्तर्घातको विषय यथावत रहन्छ ।”

यद्यपि पोलिटब्यूरो सदस्य यादवका अनुसार अध्यक्ष प्रचण्डले पार्टीमा अन्तर्घात गर्नेहरुका विषयमा कमिटी बनाएर छानबिन गर्ने घोषणा गर्नुभएको छ । छलफलमा आफू दोषी नभएको खुलेको उहाँले बताउनुभयो । “मेरोविरुद्ध उजुरी हाल्नेको र मेरो कुरा सुन्नुभयो, दुवै पक्षको कुरा सुनिसकेपछि तपाईंले अन्तर्घात गर्नभएको होइन रहेछ भन्नुभएको छ”, उहाँले भन्नुभयो ।

यादवले सर्लाही निर्वाचन क्षेत्र नं ३ का माओवादी उम्मेदवार नरेन्द्र कलवार साहलाई अन्तर्घात गरेको भन्दै सर्लाहीका चार स्थानीय तहका कमिटीले सिफारिस गरेका छन् । यादवले पार्टीका आधिकारिक उम्मेदवार साहलाई भोट नमागेर नेकपा (एमाले) का उम्मेदवार हरिप्रसाद उप्रेतीलाई भोट मागेको भन्दै उजुरी परेको हो ।