२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सी र रोनाल्डो : को उत्कृष्ट ?



अ+ अ-

कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा अहिले सबैको नजर सर्वकालिक उत्कृष्ट खेलाडीमध्ये अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो माथि छ ।

मेस्सी र रोनाल्डो दुवै विश्वको सबैभन्दा ठूलो प्रतियोगितामा आफ्नो अन्तिम उपस्थितिमा उपाधि जित्ने आशामा छन्। अर्जेन्टिना जारी विश्वकपमा अस्ट्रेलियालाई २–१ ले हराएर कार्टरफाइनलमा पुगिसकेको छ । अब क्वार्टरफाइनलमा उसको भेट नेदरल्यान्ड्ससँग हुँदैछ । पोर्चुगलले क्वार्टरफाइनलमा पुग्न स्विट्जरल्यान्डसँग प्रिक्वार्टरफाइनल खेल खेल्न बाँकी नै छ ।

अर्जेन्टिनाका मेस्सी ३५ वर्षका छन् भने पोर्चुगिज स्टार रोनाल्डो ३७ वर्षका छन् र उनले अर्को विश्वकप खेल्ने सम्भावना कम छ ।

युरोपेली लिगमा एक वर्षमा सर्वोत्कृष्ट खेलाडीलाई दिइने बालोन डी’ओर मेस्सीले सात पटक र रोनाल्डोले पाँच पटक जितेका छन् । दुवै खेलाडीले एक हजार अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । आउनुहोस् यी दुई खेलाडीबीच तुलना हेरौँ :

१. अल टाइम करियर

मेस्सी
उपस्थिति : १०००
असिस्ट : ३४८
गोल : ७८९
प्रतिगोल १०४ मिनेट
७२ मिनेट प्रतिगोल योगदान

रोनाल्डो
उपस्थिति : ११४३
असिस्ट : २३४
गोल : ८१९
प्रतिगोल ११३ मिनेट
८८ मिनेट प्रतिगोल योगदान

२. अल टाइम क्लब

मेस्सी
उपस्थिति : ८३१
असिस्ट : २९७
गोल : ६९५
प्रतिगोल ९८ मिनेट
६९ मिनेट प्रतिगोल योगदान

रोनाल्डो
उपस्थिति : ९४९
असिस्ट : २०१
गोल : ७०१
प्रतिगोल ११० मिनेट
८६ मिनेट प्रतिगोल योगदान

३. अल टाइम लिग

मेस्सी
उपस्थिति : ५५९
असिस्ट : २१६
गोल : ४८७
प्रतिगोल ९३ मिनेट
६५ मिनेट प्रतिगोल योगदान

रोनाल्डो
उपस्थिति : ६५१
असिस्ट : १४४
गोल : ४९८
प्रतिगोल १०५ मिनेट
८१ मिनेट प्रतिगोल योगदान

४. अल टाइम च्याम्पियन्स लिग

मेस्सी
उपस्थिति : १६१
असिस्ट : ४०
गोल : १२९
प्रतिगोल १०४ मिनेट
७९ मिनेट प्रतिगोल योगदान

रोनाल्डो
उपस्थिति : १८७
असिस्ट : ४२
गोल : १४१
प्रतिगोल ११५ मिनेट
८९ मिनेट प्रतिगोल योगदान

५. अल टाइम घरेलु क्लब

मेस्सी
उपस्थिति : ८१
असिस्ट : ३३
गोल : ५६
प्रतिगोल ११८ मिनेट
७४ मिनेट प्रतिगोल योगदान

रोनाल्डो
उपस्थिति : ८२
असिस्ट : १०
गोल : ४५
प्रतिगोल १४७ मिनेट
१२१ मिनेट प्रतिगोल योगदान

६. अल टाइम डोमेस्टिक सुपर क्लब

मेस्सी
उपस्थिति : २१
असिस्ट : ५
गोल : १५
प्रतिगोल ११७ मिनेट
८८ मिनेट प्रतिगोल योगदान

रोनाल्डो
उपस्थिति : ११
असिस्ट : ०
गोल : ६
प्रतिगोल १४४ मिनेट
१४४ मिनेट प्रतिगोल योगदान

७. अल टाइम युईएफए सुपर क्लब

मेस्सी
उपस्थिति : ४
असिस्ट : २
गोल : ३
प्रतिगोल १४० मिनेट
८४ मिनेट प्रतिगोल योगदान

रोनाल्डो
उपस्थिति : २
असिस्ट : ०
गोल : ३
प्रतिगोल ४९ मिनेट
४९ मिनेट प्रतिगोल योगदान

८. अल टाइम क्लब वर्ल्ड कप

मेस्सी
उपस्थिति : ५
असिस्ट : १
गोल : ५
प्रतिगोल ८५ मिनेट
७१ मिनेट प्रतिगोल योगदान

रोनाल्डो
उपस्थिति : ८
असिस्ट : ३
गोल : ७
प्रतिगोल १०६ मिनेट
७४ मिनेट प्रतिगोल योगदान

९. अल टाइम युईएफए/युरोपा लिग

मेस्सी
उपस्थिति : ०
असिस्ट : ०
गोल : ०
प्रतिखेल शून्य गोल

रोनाल्डो
उपस्थिति : ८
असिस्ट : २
गोल : २
प्रतिगोल ३२५ मिनेट
१६३ मिनेट प्रतिगोल योगदान

१०. अल टाइम इन्टरनेसनल्स

मेस्सी
उपस्थिति : १६९
असिस्ट : ५१
गोल : ९४
प्रतिगोल १४८ मिनेट
७१ मिनेट प्रतिगोल योगदान

रोनाल्डो
उपस्थिति : १९४
असिस्ट : ३३
गोल : ११८
प्रतिगोल १४८ मिनेट
९६ मिनेट प्रतिगोल योगदान

लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो सर्वकालिक दुई उत्कृष्ट फुटबलर हुन् । उल्लेखनीय कुरा के छ भने यी दुवै खेलाडीको करियर धेरै हदसम्म मिल्दोजुल्दो छ । दुवै खेलाडीले एक दशकभन्दा बढी समयदेखि खेलमा प्रभुत्व जमाउँदै आएका छन्। तर सबैभन्दा राम्रो को हो ?

यी दुवै खेलाडीलाई विभिन्न कोटीमा तुलना गरिएको छ । उत्कृष्ट खेलाडी को हो भन्ने निर्णय गर्ने जिम्मा तपाईंलाई ।
स्रोत एजेन्सी