८ श्रावण २०८३, शुक्रबार
,
Latest
प्रचण्डको आह्वान– प्रतिक्रान्तिको प्रतिवाद गर्न वामपन्थीले साझा कार्यक्रम बनाउनुपर्छ शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री बाग्मती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट ८ सय ६० नेपालीको उद्धार, ४९ जना अझै कम्बोडियाको जेलमा ‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’ ट्राफिक एफएम १५ औँ वर्षमा विधायन व्यवस्थापन समितिको अभिमुखीकरण कार्यक्रम सिंहदरवारभित्रै गरिने, मितव्ययिता र स्रोतको अभाव मुख्य कारण बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन, हेलिकप्टरमार्फत् सामान ढुवानी गरिने कोलकाता–विराटनगर कार्गो रेल सेवा सञ्चालनमाः व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा ऐन कार्यान्वयन र अन्तर–निकाय सम्बन्धमा विज्ञहरूको परामर्श आवश्यकः नेता दंगाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदीमा हुने विश्व पारा तेक्वान्दो खेलको लागि नेपाली टोलीको बिदाइ



अ+ अ-

काठमाडौं । साउदी अरबियाको रियादमा हुने विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ ।

डिसेम्बर ८ देखि १० तारिखसम्म हुने प्रतियोगितामा २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । के– ४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि पारा ओलम्पियन पलेशा गोबद्र्धन र ५२ केजीमुनि सिर्जना घिसिङले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा इन्टरनेसनल लेभल– २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा छन् ।

पेरिस पारा ओलम्पिकका लागि ¥याङकिङ प्रतियोगिता समेत भएकाले प्रतियोगिता महत्वपूर्ण भएको बताए । विश्व वरीयतामा शीर्ष १६ स्थानमा रहने खेलाडीले मात्र यो प्रतियोगितामा सहभागिताको अवसर प्राप्त गर्छन् । विश्व वरीयतामा पलेशा १० औं र सिर्जना १४ औं स्थानमा छन् । प्रशिक्षक लामाका अुनसार आफ्नो तौलसमूहमा शीर्ष ६ स्थानमा रहने खेलाडी पेरिस पारा ओलम्पिकमा सीधै खेल्न पाउने प्रावधान रहेको छ ।

अन्तर्राष्ट्रिय पारा तेक्वान्दो प्रतियोगितामा पलेशाले ३ तथा सिर्जनाले २ पदक जितेका छन् । प्रशिक्षक लामाले अनुभवी खेलाडी भएकाले दुवैबाट राम्रो नतिजाको अपेक्षा गरिएको बताए ।

प्रतियोगिताकै दौरान हुने विश्व तेक्वान्दो गाला अवार्डमा पनि नेपाली टोली सहभागी हुनेछ । डिसेम्बर १० तारिखमा हुने अवार्ड कार्यक्रममा वर्ष पुरुष/महिला खेलाडी, प्रशिक्षक, रेफ्रीलगायतलाई सम्मान गरिने छ ।

टोलीलाई सफलताको शुभकामना दिदै नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, सदस्यद्वय रामचन्द्र श्रेष्ठ र कुमार घिसिङले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे । टोली सोमबार रियाद प्रस्थान गर्ने कार्यक्रम छ ।




भर्खरै