२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड



अ+ अ-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' कोटेश्वर पुगेका छन् । बिहिबार अध्यक्ष प्रचड  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर पुगेका हुन् । 

आज बिहाना प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटारमा पुगेका थिए । सत्तारुढ गठबन्धनले एमालेको नेपाल समूहलाई पनि सरकारमा सहभागी हुन आग्रह गरिरहेको छ । 

तर नेता नेपालले भने पार्टी एकताको प्रक्रिया चलिरहेकाले सरकारमा सहभागी हुनेबारे प्रष्ट कुरा राखेका छैनन् । सत्ता समीकरणको भागबण्डा मिल्न नसक्दा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।