२८ भाद्र २०८३, आईतवार
,
Latest
हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

६० करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्दै सानिमा लाइफ इन्स्योरेन्स



अ+ अ-

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले  ६० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले ६० लाख कित्ता आईपीओ साउन २० गतेबाट बिक्री तथा आवेदन खुला गर्ने जनाएको छ ।

१ सय रुपैयाँ अंकित दरका ६० लाख कित्ता मध्ये ३ लाख कित्ता (५ प्रतिशत) कर्मचारीलाई, ३ लाख कित्ता (५ प्रतिशत) सामुहिक लगानी कोषलाई र ५४ लाख कित्ता सेयर सर्वसाधारणलाई दिने जनाएको छ ।

उक्त कम्पनीको आईपीओमा छिटोमा २४ साउन र ढीलोमा २ भदौसम्ममा आवेदन दिन सकिने कम्पनीले जनाएको छ । सर्वसाधारण लगानीकर्ताले १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक तोकिएको छ ।

सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरको वेवसाइट तथा मेरो सेयरको मोबाइल एपबाट उक्त कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।