२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

६० करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्दै सानिमा लाइफ इन्स्योरेन्स



अ+ अ-

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले  ६० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले ६० लाख कित्ता आईपीओ साउन २० गतेबाट बिक्री तथा आवेदन खुला गर्ने जनाएको छ ।

१ सय रुपैयाँ अंकित दरका ६० लाख कित्ता मध्ये ३ लाख कित्ता (५ प्रतिशत) कर्मचारीलाई, ३ लाख कित्ता (५ प्रतिशत) सामुहिक लगानी कोषलाई र ५४ लाख कित्ता सेयर सर्वसाधारणलाई दिने जनाएको छ ।

उक्त कम्पनीको आईपीओमा छिटोमा २४ साउन र ढीलोमा २ भदौसम्ममा आवेदन दिन सकिने कम्पनीले जनाएको छ । सर्वसाधारण लगानीकर्ताले १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक तोकिएको छ ।

सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरको वेवसाइट तथा मेरो सेयरको मोबाइल एपबाट उक्त कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।