२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाललाई भेट्न प्रचण्ड कोटेश्वरमा



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद विस्तारअघि नेकपा एमाले वरिष्ठ नेता माधव नेपाललाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रालय बाँडफाँटको बारेमा छलफल गरेलगत्तै प्रचण्ड नेपाल निवास पुगेका हुन् ।

माधव नेपाल समूहलाई पनि सरकारमा सहभागी गराउन सत्तारुढ गठबन्धन तयार रहेपनि नेपाल भने पार्टी एकताको टुंगो नलागेसम्म एमालेमै रहेर सरकारमा सहभागी हुन कानूनी जटिलता रहेको बताउँदै आएका छन् । 

माधव नेपाल समूहलाई अन्य राजनीतिक नियुक्तिमा स्थान दिने गठबन्धनले सहमति गरिसकेका छन् ।