२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाका ३ सांसद निष्कासन गरेको पत्र लुम्बिनी प्रदेशसभामा पुग्यो



अ+ अ-

बुटवल । जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशसभाका आफ्ना ३ जना सदस्यलाई निश्कासन गरेको पत्र प्रदेशसभा सचिवालयलाई जानकारी गराएको छ ।

सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई निश्कासन गरेको संसदीय दलका नेता सहसराम यादवले जानकारी गराएका हुन् । 

गत जेठ ३० गते पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई  स्पष्टीकरण सोधिएको थियो । तर त्यसको चित्तबुझ्दो जवाफ नआएको भन्दै राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको पत्रमा उल्लेख  छ ।