२८ भाद्र २०८३, आईतवार
,
Latest
हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा कार्यकारिणी समिति बैठक सम्पन्न, यी हुन् निर्णयहरु (भिडियोसहित)



अ+ अ-

काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) ले बैठकले संगठन सुदृढीकरण तथा जागरण अभियान २०७८ को कार्ययोजना पारित गरेको छ । 

बुधवार पार्टी कार्यालय तुलसीलाल अमात्य स्मृति भवनमा बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संगठन सुदृढीकरण तथा जागरण अभियान २०७८ को कार्ययोजना पारित गरेको हो । बैठकपछि पार्टी प्रवक्ता डम्बर खतिवडाले यो अभियान भाद्र १ गतेदेखि मंसिर मसान्तसम्म चल्ने बताउनुभयो । उहाँले यो अवधिमा पार्टीको समायोजन, प्रशिक्षण, संगठन र जनजागरण सम्बन्धि कामहरु गर्ने र पार्टीलाई दुरुस्त बनाउने अभियानमा लाग्ने बताउनुभयो ।

प्रवक्ता खतिवडाले भन्नुभयो, “संगठन सुदृढीकरण तथा जागरण अभियान २०७८ र यसको कार्ययोजना पारित गरिएको छ, यो अभियान भाद्र १ गतेदेखि मंसिर मसान्तसम्म ४ महिना चल्नेछ, र यो अवधिमा जनता समाजवादी पार्टीको समायोजन, प्रशिक्षण, संगठन र जनजागरण सम्बन्धि मुख्य ४ वटा कामहरु हामी यो अवधिमा गर्नेछौँ र यो बीचमा पार्टीको टुटेको कडीहरु जोड्ने र फेरि पार्टीलाई दुरुस्त बनाउने काम यो अभियान अन्तर्गत हुनेछ ।”

बैठकले पार्टी भित्र आउन सक्ने समस्या, अनुशासन सम्बन्धि घटनाहरुको छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।  समितिको संयोजकमा नवराज सुवेदी र सदस्यहरुमा प्रकाश अधिकारी, गोविन्द चौधरी, दुर्गा सोब र सुशिला श्रेष्ठलाई चयन गरिएको समेत उहाँले बताउनुभयो ।  

प्रवक्ता खतिवडाले भन्नुभयो, “आजको बैठकले पार्टीको अनुशासन आयोगको प्रमुखमा कपिलवस्तु जिल्लाका पार्टी केन्द्रीय समितिका सदस्य नरसिंह चौधरीलाई नियुक्ति गरेको छ भने पार्टी भित्र आउन सक्ने विभिन्न समस्याहरु, अनुशासन सम्बन्धि घटनाहरुको छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।”

बैठकले पार्टीको अनुशासन आयोगको प्रमुखमा कपिलवस्तु जिल्लाका पार्टी केन्द्रीय समितिका सदस्य नरसिंह चौधरीलाई नियुक्ति गरिएको प्रवक्ता खतिवडाले बताउनुभयो ।