१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

थापाथलीको सुकुम्बासी बस्ती आज दोस्रो दिन पनि अशान्त



अ+ अ-

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारका सुकुम्बासी बस्ती आज दोस्रो दिन पनि अशान्त बनेको छ । काठमाडौँ महानगरपालिकाले बल प्रयोग गरी हटाउन खोजेपछि बस्ती अशान्त बनेको हो ।

काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहको पुत्ला जलाउँदै सुकुम्बासीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले बालेनको फोटोलाई शव राख्ने बाकस (कफिन) माथि राखेर जलाएका छन् ।

बस्तीमा मंगलबार बिहान ८ बजेदेखि नै आन्दोलन जारी छ । उनीहरुले बस्ती प्रवेश गर्ने सडकहरु बन्द गरेका छन् भने सडकभरी टायर र ढुंगा छरिएका छन् ।

सुकुम्बासीहरुलाई उचित बसोबासको व्यवस्था मिलाउन उनीहरुले माग गरेका छन् । बसोबासको उचित व्यवस्था नहुँदै हटाउन लागिएको भन्दै उनीहरुले महानगरपालिकाको कार्यालय अगाढि प्रदर्शनसमेत गरेका थिए । त्यसपछि उनीहरु पुनः बस्तीमै फर्केर प्रदर्शन जारी राखेका छन् ।

बालेनविरुद्ध चर्को नाराबाजी लगाउने उनीहरुमध्ये केही माइतीघर मण्डलामा सडकमै ब्यानर राखेर अनसन बसेका छन् ।

महानगरपालिकासमक्ष अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन अनुरोध गरेपछि महानगरको टोली सोमबार बस्तीमा पुगेर सुकुम्बासीहरुलाई हटाउन खोज्दा दुवै पक्षबीच झडप भएको थियो । झडपपछि स्थिति तनावग्रस्त बनेको थियो ।

महानगरले समितिको समन्वयमा हिजो डोजर लिएर सुकुम्बासी बस्ती खाली गराउन डोजर चलाएपछि भएको झडपमा महानगरका ३० जनाभन्दा बढी घाइते भएका थिए ।

समितिले यही मंसिर ४ गतेको अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना निकालेको थियो । बागमती नदी किनारमा करिब ५ हजार सुकुम्बासी रहेको बताइएको छ ।