१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल

एकदिने मेलाबाट पाँच हजारलाई रोजगारी

एकदिने मेलाबाट पाँच हजारलाई रोजगारी
एकदिने रोजगार मेलामा फर्म बुझाउनेको भीड
अ अ+ अ-

मोरङ । मोरङको कटहरि गाउँपालिका–१ स्थित फलफूल तथा कृषि थोक बजारमा आज लागेको एकदिने रोजगार मेलाबाट पाँच हजार जनाले रोजगार पाउने सुनिश्चित भएको छ ।

मेलामा सहभागी मोरङ, सुनसरी, झापामा सञ्चालित विभिन्न उद्योगका लागि उक्त रोजगार उपलब्ध हुने नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं १ कार्यकारी निर्देशक श्याम भण्डारीले बताउनुभयो । निजहरूलाई नेपाल सरकारले तोकेको पारिश्रमिकमा विभिन्न जुटमिल, रियायन्स स्पिनियङ, तारे होटल, विद्युतीय, खाद्यान्न उद्योगमा रोजगार उपलब्ध हुने जनाइएको छ ।

यस क्षेत्रमा सञ्चालित जुट उद्योगलाई विइङवर, स्पिनर, कोप्यान्डर, ड्राइङ र अपरेटरलगायत कामका लागि आवश्यक जनशक्ति, निर्माण व्यवसायीलाई दुई हजार, तार होटललाई सात सय, जुट उद्योगलाई चार हजार, विद्युतीय सामग्री उद्योग, कृषि, खाद्यान्न उद्योगलाई दक्ष एवं अदक्ष एवं सुरक्षा गार्ड गरी १० हजार जनशक्तिको आवश्यक रहेको निर्देशक भण्डारीले बताउनुभयो ।

उद्योगलाई आवश्यक पर्ने जनशक्तिको मागअनुसार तालिम, सीपको व्यवस्था कटहरि गाउँपालिकाले उपलब्ध गराउने रोजगार संयोजक रामकुमार राजवंशीले बताउनुभयो । कटहरी गाउँपालिका, उद्योग वाणिज्य महासङ्घ र हेल्भेटासद्वारा संयुक्त रुपमा आज आयोजित एकदिने मेलामा पालिकाको अध्यक्ष देवराज चौधरीले वैदेशिक रोजगारबाट फर्केका, उच्च शिक्षा अध्ययन गरेका दक्ष तथा अदक्ष युवायुवतीलाई स्वदेशमा रोजगारीको आकर्षण जगाउन मेलाको आयोजना गरिएको बताउनुभयो । उहाँले पालिकाले उद्योगको आवश्यकता अनुसारको सीप तथा तथा तालिमको व्यवस्थापन गर्ने जानकारी दिनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशिराज दाहालले युवालाई दक्षता प्रदान गरी स्वदेशमा रोजगारी व्यवस्था भएमा मुलुकको समृद्धिमा टेवा पुग्ने धारणा राख्नुभयो । महासङ्घका केन्द्रीय सदस्य अविनाश बोहराले युवालाई स्वदेशमा रोजगार उपलब्ध गराउन आवश्यक पर्ने दक्षता प्रदान गर्न महासङ्घको साथ र सहयोग उपलब्ध हुने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा अन्य पालिकामा मेलाको आयोजना गरी थप रोजगार उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

कटहरी–१ की राखी पासवानले १२ कक्षामा अध्ययन गरिरहेको र सोही अनुसारको रोजगारी पाउनका लागि मेलामा आएको बताउनुभयो । यसैगरी कटहरी–५ की लोतिनकुमारी साहले आफू अदक्ष भए पनि उद्योगलाई आवश्यक पर्ने साधारण परिश्रमको कामको सक्षम भएको बताउनुभयो । मेलामा प्रदेशका रहेका उद्योगहरूलाई आवश्यक पर्ने जनशक्तिको तथ्याङ्क सङ्कलन गर्नाका साथै सोही अनुसार रोजगारी उपलब्ध गराइनेछ ।

मेलामा विभिन्न २० उद्योगका प्रतिनिधि, तारे होटलका प्रतिनिधि, मनमोहन प्राविधिक विश्वविद्यालय बूढीगङ्गा मोरङ, सैलजा आचार्य स्मृति पोलिटेक्निक जहदा मोरङको स्टलमा महिला तथा युवायुवतीको अत्यधिक भीड रहेको थियो । यस्तै पोलिटेक्निकको स्टलमा विभिन्न विधामा अध्ययनका लागि विद्यार्थी विशेष चासो राखेको देखिएको छ । मेलामा रोजगारका लागि सौन्दर्यककला, विभिन्न उद्योगमा अदक्ष कामदार, स्टाफ नर्स, अनमी, सुरक्षा गार्ड, साधारण कामदार, कृषि, पशुपालन, सौन्दर्यकला, सूचना प्रविधि, प्रशासनिक, लेखा सम्बन्धीमा युवायुवती, महिला तथा पुरुषको फर्म बुझाउनेहरूको सङ्ख्या अत्यधिक छ ।