२ पुष २०८२, बुधबार
,
Latest
घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो हाफमा सर्बियालाई क्यामरुनविरुद्ध २–१ को अग्रता



अ+ अ-

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘जी’ को खेलमा सर्बियाले क्यामरुनविरुद्ध पहिलो हाफमा अग्रता बनाएको छ ।

अल जानोउव मैदानमा जारी खेलमा सर्बियाले पहिलो हाफ सकिँदा क्यामरुनविरुद्ध २–१ गोलको अग्रता बनाएको हो ।

१० औं मिनेटमा सर्बियाका फरवार्ड अलेक्सान्डर मित्रोभिचले प्रहार गरेको बल क्यामरुनको पोस्टमा ठोकिएर बाहिरिन पुग्यो । उनले डि–बक्स भित्रबाट देब्रे खुट्टाले प्रहार गरेको बल देब्रे पोलमा ठोकिन पुगेको थियो ।

१७ औं मिनेटमा मित्रोभिचले गोल गर्ने सुनौलो अवसर गुमाए । क्यामरुनका डिफेन्डरबीच तालमेल नमिन्दा मित्रोभिचले गोल गर्ने मौका पाएका थिए । तर उनले पोस्ट बाहिर प्रहार गरे । बललाई सही दिशा दिन सकेनन् ।

१९ औं मिनेटमा क्यामरुनका पिएरे कुन्डेले प्रहार गरेको बललाई सर्बियाका गोलकिपर भान्जा मिलिकोन्भिचले पञ्च गरेर सानदार बचाउ गरे । ४२ औं मिनेटमा पुनः कुन्डेले प्रहार गरेको बललाई गोलकिपर मिलिकोन्भिचले पुनः रोके ।

२९ औं मिनेटमा जिन चाल्र्स कास्टेलेटोले गोल गर्दै क्यामरुनलाई १–० को सुरुवाती अग्रता दिलाए । कर्नरबाट प्राप्त बललाई तयारी अवस्थामा रहेका उनले सजिलै ‘ट्यापिङ’ गरेर गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा सर्बियाले खेल बराबरी गर्यो । सर्बियाका लागि स्ट्राहिन्जा पाब्लोभिचले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । डुसान टाडिचले फ्रिकिकबाट प्रहार गरेको बललाई हेडरमार्फत उनले सानदार गोल गरे ।

यस्तै, इन्जुरी समयको ४५+३ मिनेटमा मिलिन्कोभिच सेभिचले गोल गर्दै सर्बियालाई २–१ को अग्रता दिलाए । डि–बक्स भित्रबाट उनले क्यामरुनका डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरे ।