१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट जानुपर्छ : गगन थापा News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ?

विश्वकप फुटबलमा पराजयलाई लिएर बेल्जियममा दंगा

विश्वकप फुटबलमा पराजयलाई लिएर बेल्जियममा दंगा
अ अ+ अ-

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा मोरक्कोसँग २–० ले पराजित भएपछि बेल्जियममा दंगा मच्चिएको छ । राजधानी ब्रसेल्समा फ्यानहरूले तोडफोड र गाडीमा आगजनी गरेका छन् ।

आक्रोशित समर्थकलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको थियो । १२ जनालाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।

हातमा मोरक्कोको झण्डा लिएर केही फ्यानले तोडफोड गरिरहेका थिए । केही प्रदर्शनकारीले कार र केही विद्युतीय स्कुटरमा आगजनी गरेका छन् । धेरै ठाउँमा दंगा भएको छ ।

हिंसा भड्किएपछि ब्रसेल्सका मेयर फिलिप क्लोसले मानिसहरूलाई सहरहरूमा भेला नहुन अपील गरेका छन् ।

मोरक्कोको विजय पछि, मोरक्कन मूलका केही समर्थकहरूले ब्रसेल्समा उत्सव मनाए । त्यसपछि बेल्जियमका समर्थकसँग उनको झडप भएको थियो । यहीँबाट हिंसा भड्कियो र दंगामा परिणत भयो । बेल्जियममा मोरक्कन मूलका करिब ५,००,००० मानिस बसोबास गर्छन् ।

बेल्जियममा भएको हिंसाको प्रभाव छिमेकी नेदरल्याण्डमा पनि देखिएको छ । दंगा विरोधी अधिकारीहरूले करिब ५०० जनाको फुटबल समर्थक समूहलाई रोक्न खोजेका थिए । उनीहरुले प्रहरीमाथि ढुंगामुढा गर्ने, आगजनी र तोडफोड गर्नेजस्ता क्रियाकलाप गरेका थिए । घटनामा दुई प्रहरी घाइते भएका छन् ।

आइतबार भएको खेलमा विश्व वरियताको दोस्रो नम्बर टोली बेल्जियमले एक गोल पनि गर्न सकेन । बेल्जियम २२औं वरियताको टोली मोरक्कोसँग २–० ले पराजित भएको थियो ।