२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप फुटबलमा पराजयलाई लिएर बेल्जियममा दंगा



अ+ अ-

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा मोरक्कोसँग २–० ले पराजित भएपछि बेल्जियममा दंगा मच्चिएको छ । राजधानी ब्रसेल्समा फ्यानहरूले तोडफोड र गाडीमा आगजनी गरेका छन् ।

आक्रोशित समर्थकलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको थियो । १२ जनालाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।

हातमा मोरक्कोको झण्डा लिएर केही फ्यानले तोडफोड गरिरहेका थिए । केही प्रदर्शनकारीले कार र केही विद्युतीय स्कुटरमा आगजनी गरेका छन् । धेरै ठाउँमा दंगा भएको छ ।

हिंसा भड्किएपछि ब्रसेल्सका मेयर फिलिप क्लोसले मानिसहरूलाई सहरहरूमा भेला नहुन अपील गरेका छन् ।

मोरक्कोको विजय पछि, मोरक्कन मूलका केही समर्थकहरूले ब्रसेल्समा उत्सव मनाए । त्यसपछि बेल्जियमका समर्थकसँग उनको झडप भएको थियो । यहीँबाट हिंसा भड्कियो र दंगामा परिणत भयो । बेल्जियममा मोरक्कन मूलका करिब ५,००,००० मानिस बसोबास गर्छन् ।

बेल्जियममा भएको हिंसाको प्रभाव छिमेकी नेदरल्याण्डमा पनि देखिएको छ । दंगा विरोधी अधिकारीहरूले करिब ५०० जनाको फुटबल समर्थक समूहलाई रोक्न खोजेका थिए । उनीहरुले प्रहरीमाथि ढुंगामुढा गर्ने, आगजनी र तोडफोड गर्नेजस्ता क्रियाकलाप गरेका थिए । घटनामा दुई प्रहरी घाइते भएका छन् ।

आइतबार भएको खेलमा विश्व वरियताको दोस्रो नम्बर टोली बेल्जियमले एक गोल पनि गर्न सकेन । बेल्जियम २२औं वरियताको टोली मोरक्कोसँग २–० ले पराजित भएको थियो ।