६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही– ४ मा लोसपाका शुक्ल विजयी



अ+ अ-

रुपन्देही । रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्ल विजयी हुनुभएको छ ।

लोसपाका कार्यकारिणी समितिका सदस्यसमेत रहनुभएका शुक्ल तेस्रो पटक सो क्षेत्रबाट सांसद चुनिनुभएको हो । क्षेत्र नम्बर ४ को ७६ हजार छ सय ७५ मत गणना हुँदा शुक्लले २८ हजार मत प्राप्त गरेको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले बताउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमोदकुमार यादवले २२ हजार सात सय चार मत पाउनुभएको छ । यादव सोही क्षेत्रका निवर्तमान सांसदसमेत हुनुहुन्छ ।

जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवले १५ हजार पाँच सय २६ मत पाउनुभएको निर्वाचन अधिकृत आचार्यले बताउनुभयो । कूल एक लाख १० हजार छ सय ५९ मत रहेको क्षेत्र नम्बर ४ मा ६९ दशमलव ६४ प्रतिशतअर्थात् ७७ हजार ६४ मत खसेको थियो ।