२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा ५ मा ओलीको जित सुनिश्चित, गन्न बाँकी मतभन्दा मतान्तर धेरै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको जित सुनिश्चित भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं ५ मा मतगणना जारी रहेकै बेला उहाँको जित सुनिश्चित भएको हो ।

अहिलेसम्म ८५ हजार ६५९ मत गणना भइसक्दा ओलीले ४४ हजार ८०५ मत ल्याइसक्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २१ हजार १५४ मत ल्याउनुभएको छ ।

कूल ९९ हजार ४५ मत खसेको सो निर्वाचन क्षेत्रमा अब १३ हजार ३८६ मत गन्न बाँकी छ । ओलीले अहिलेसम्मको मतगणनामा अधिकारीलाई २३ हजार ६५१ मतले पछि पारिसक्नुभएकाले उहाँको जित सुनिश्चित भएको हो ।