१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा ५ मा ओलीको जित सुनिश्चित, गन्न बाँकी मतभन्दा मतान्तर धेरै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको जित सुनिश्चित भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं ५ मा मतगणना जारी रहेकै बेला उहाँको जित सुनिश्चित भएको हो ।

अहिलेसम्म ८५ हजार ६५९ मत गणना भइसक्दा ओलीले ४४ हजार ८०५ मत ल्याइसक्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २१ हजार १५४ मत ल्याउनुभएको छ ।

कूल ९९ हजार ४५ मत खसेको सो निर्वाचन क्षेत्रमा अब १३ हजार ३८६ मत गन्न बाँकी छ । ओलीले अहिलेसम्मको मतगणनामा अधिकारीलाई २३ हजार ६५१ मतले पछि पारिसक्नुभएकाले उहाँको जित सुनिश्चित भएको हो ।