५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

पराजयपछि रामकुमारीको प्रतिक्रिया: समाजलाई गलतरुपमा प्रयोग गरिएको रहेछ

पराजयपछि रामकुमारीको प्रतिक्रिया: समाजलाई गलतरुपमा प्रयोग गरिएको रहेछ
अ+ अ-

काठमाडौँ । सत्तागठबन्धनका तर्फबाट गुल्मी क्षेत्र नं २ का उम्मेदबार बन्नुभएकी नेकपा एसकी नेत्री रामकुमारी झाँक्रीले निर्वाचन, समाज र सामाजिक जीवनका थुप्रै पक्षका बारेमा समाजको पिँधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएको जनाउनुभएको छ ।

विजयी एमाले उम्मेदवार गोकर्ण विष्टलाई बधाई दिँदै उहाँले जय र पराजय सामान्य प्रक्रिया भएको बताउनुभयो । उहाँले गुल्मी जिल्लाको समग्र विकास र समृद्धिको यात्रामा साथ रहने स्पष्ट पार्नुभएको छ ।

उहाँले लेख्नुभएको छ:

यो निर्वाचन मेरो लागि अत्यन्तै रोमाञ्चक रह्यो। ज्ञानको हिसाबले कुनै प्रसिद्ध विश्वविद्यालयमा पढेभन्दा बढी। समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिँधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ। यो साढे दुई दशकमा समाजलाई जसरी Depoliticization (एक प्रकारको गलत प्रयोग) गरिएको रहेछ नि त्यो चाहिँ लोकतन्त्रको लागि गम्भीर छ। डरलाग्दो छ। जय र पराजय सामान्य प्रक्रिया हुन्। मैले अत्यन्तै सहजरूपमा लिएको छु। मेरो पक्षमा हजारौँ मतदाताले आफ्नो अभिमत दिनुभएको छ, यसप्रति म सधै ऋणी हुनेछु।

यो निर्वाचनमा सहभागी सबै मतदाता, सबै तहका निर्वाचन परिचालन संयन्त्रका सदस्यहरू, गठबन्धन दलका नेतृत्वगण र नेता कार्यकर्ता साथीहरू, निर्वाचन सम्पन्न गर्न सहभागी सबै सुरक्षाकर्मी, कर्मचारी मित्रहरू, स्वयंसेवक र पत्रकार साथीहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु।

साथै यो निर्वाचनमा विजयी मेरो आदरणीय दाजु अग्रज गोकर्ण विष्टलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना। गुल्मी जिल्लाको समग्र विकास र समृद्धिको यात्रामा म सधैँ साथमा रहनेछु।