५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

एक सय ४७ स्थानमा मतगणना जारी: कांग्रेस ४८, एमाले ३४ र माओवादी १८ स्थानमा अगाडि

एक सय ४७ स्थानमा मतगणना जारी: कांग्रेस ४८, एमाले ३४ र माओवादी १८ स्थानमा अगाडि
अ+ अ-

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ४७ स्थानमा मतगणना जारी छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार हालसम्म तीन निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

आयोगका अनुसार हालसम्म काठमाडौँ क्षेत्र नं ४ मा कांग्रेसका गगनकुमार थापा, मनाङ क्षेत्र नं १ मा टेकबहादुर गुरुङ र मुस्ताङ क्षेत्र नं १ मा योगेश गौचन थकाली निर्वाचित भइसक्नुभएको छ । जारी मतगणनामा कांग्रेसका उम्मेदवार ४८ स्थानमा अगाडि छन् । नेकपा (एमाले) ३४, नेकपा (माओवादी केन्द्र) १८, राष्ट्रिय स्वतन्त्र पार्टी १३, नेकपा (एकीकृत समाजवादी) सात र अन्य उम्मेदवार २४ स्थानमा अगाडि छन् ।

प्रदेशसभाको प्रत्यक्षतर्फ प्रदेश नं १ मा एमाले १५, कांग्रेस ११, माओवादी पाँच, एकीकृत समाजवादी चार र राष्ट्रिय प्रजातन्त्र पार्टी दुई स्थानमा अगाडि छन् । मधेस प्रदेशमा जनमत पार्टी दुई, कांग्रेस आठ, एमाले १२, जनता समाजवादी पार्टी पाँच र अन्य उम्मेदवार १४ स्थानमा अगाडि छन् । मधेस प्रदेशमा जनमत पार्टीका दुई उम्मेदवार विजयी भएका छन् । सप्तरी निर्वाचन क्षेत्र नं १ मा सतिशकुमार सिंह र क्षेत्र नं २ मा महेशप्रसाद यादव विजयी भएका छन् ।

बागमती प्रदेशमा कांग्रेस १६, एमाले १४, माओवादी केन्द्र पाँच, एकीकृत समाजवादी र राप्रपा चाररचार तथा अन्य दुई स्थानमा अगाडि छन् । बागमती प्रदेशभाको प्रत्यक्षतर्फ काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा कांग्रेसका छिरिङ दोर्जे लामा र ललितपुर निर्वाचन क्षेत्र नं २ मा रामकृष्ण चित्रकार तथा ललितपुर निर्वाचन क्षेत्र नं १ मा एमालेका रामेश्वर श्रेष्ठ विजयी भएका छन् ।

गण्डकी प्रदेशमा कांग्रेस आठ, एमाले ११, माओवादी केन्द्र तीन र एकीकृत समाजवादी एक स्थानमा अगाडि छन् । गण्डकीमा मनाङ क्षेत्र नं १ बाट कांग्रेसका मुनिन्द्रजङ्ग गुरुङ, मुस्ताङ क्षेत्र नं १ बाट नम्डु गुरुङ, क्षेत्र नं २ बाट विकल शेरचन विजयी भएका छन् । मनाङ क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवार राजीव गुरुङ विजयी भएका छन् ।

लुम्बिनी प्रदेशमा एमाले ११, कांग्रेस नौ, माओवादी केन्द्र चार, राष्ट्रिय प्रजातन्त्र पार्टी तीन, जनता समाजवादी पार्टी दुई र अन्य उम्मेदवार छ स्थानमा अगाडि छन् । कर्णाली प्रदेशमा कांग्रेस र माओवादी केन्द्र चाररचार तथा सुदूरपश्चिम प्रदेशमा कांग्रेस पाँच, एमाले चार, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र उम्मेदवार एकरएक स्थानमा अगाडि छन् ।