२२ आश्विन २०८१, मंगलवार
,
Latest
पदयात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्यु चन्द्रागिरिद्वारा स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक: संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरिँदै कस्तो रह्यो गाजा द्वन्द्वको एक वर्ष ? अध्येता सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक अवरुद्ध कान्तिलोकपथ मार्ग सुचारु- फोटो फिचर बुधवार बिहानदेखि कान्ति राजमार्ग पूर्ण रुपमा सञ्चालन हुने वरिष्ठ स्रष्टा भट्टराईको ‘दिलमायाको चिया दोकान’गीत सार्वजनिक कञ्चनपुरमा जङगली हात्तीको आक्रमणबाट युवकको मृत्यु बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह,भौतिक र रक्षा मन्त्री सिन्धुलीमा दशैंको बजार -फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ ५ मा कांग्रेसका प्रदीप पौडेलको अग्रता, ईश्वर पोखरेल कति मत ?



अ+ अ-

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम राखेका छन् ।

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा उनले एक हजार आठ सय १६ मत अन्तरले अग्रता लिएका हुन् ।

अठार हजार सात सय ९७ मत गणना हुँदा युवा नेता पौडेलको छ हजार एक सय ८१ मत प्रप्त भएको छ भने नेकपा (एमाले) तर्फका उम्मेदवार ईश्वर पोखरेलको चार हजार तीन सय ६५ प्राप्त भएको क्षेत्र नम्बर ५ निर्वाचन कार्यालयका प्रवक्ता कमलकान्त जोशीले जानकारी दिए ।

यस क्षेत्रमा कूल ७० हजार नौ सय १९ मतदाता रहेको यस क्षेत्रमा ४५ हजार नौ सय ९७ मत खसेको थियो । काठमाडौँ क्षेत्र नम्बर ५ मा १५ दलगत र १४ स्वतन्त्र उम्मेदवार गरी कूल २९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।