६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषा–३ सङ्घमा एमाले र प्रदेशमा जनमत पार्टीका उम्मेदवारको अग्रता



अ+ अ-

जनकपुरधाम । धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा एक हजार १७ मतगणना हुँदा सङ्घमा एमाले उम्मेदवार र प्रदेश १ मा जनमत पार्टीका उम्मेदवारको अग्रता रहेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ३ का सूचना अधिकारी अञ्चलेशकुमार ठाकुरले अहिलेसम्म एक हजार १७ मतगणना हुँदा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार जुलीकुमारी महतो छ सय आठ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

त्यसैगरी सत्ता गठबन्धनका उम्मेदवार अनिल झा तीन सय १५ मतसहित दोस्रो र जनमत पार्टीका उम्मेदवार शम्भुनाथ शाह दुई सय २० मतसहित तेस्रो स्थानमा रहनुभएको छ । प्रदेश १ मा भने जनमत पार्टीका उम्मेदवार प्रशन्नकुमार झा पाँच सय ७४ मतसहित पहिलो स्थानमा हुनुहुन्छ । यहाँ नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादवले तीन सय ७९ र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार जीतेन्द्रकुमार यादवले दुई सय ६४ मत प्राप्त गर्नुभएको छ ।

धनुषाको निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भए पनि अरु तीन क्षेत्रमा दिउँसो २ बजेपछि मात्र मतगणना हुने भएको छ । क्षेत्र नं १, २ र ४ मा सर्वदलीय बैठक सम्पन्न भई २ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मधेसमा दुई जिल्लाका तीन क्षेत्रमा मतगणना जारी

मधेस प्रदेशका आठ जिल्लामध्ये अहिलेसम्म दुई जिल्लाका तीन क्षेत्रको मतगणना भइरहेको छ । अहिले धनुषाको प्रतिनिधिसभा क्षेत्र नं ३ र सप्तरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ र २ मा मात्रै मतगणना सुरु भएको छ ।

दुई स्थानमा बिहानैदेखि मतगणना भए पनि सप्तरी १ मा भने केहीबेरअघि मात्रै मतगणना सुरु भएको निर्वाचन क्षेत्र नं १ को कार्यालय सप्तरीका निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित सर्वोदय माध्यमिक विद्यालयमा मतगणना भइरहेको छ । यी क्षेत्रबाहेक सिरहा, बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरीका अधिकांश क्षेत्रमा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको स्थानीय समाचारदाताले जनाएका छन् ।