५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतमा मतगणनाको तयारी हुँदै



file
अ+ अ-

पर्वत । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत पर्वतमा ५५ प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार जिल्लाको सात पालिकामा ५५ प्रतिशत मत खसेको हो । यसअनुसार बिहादी गाउँपालिकामा १० हजार नौ सय ९० मतमध्ये पाँच हजार सात सय ५१ मत खसेको छ भने जलजला गाउँपालिकामा १६ हजार चार सय ३२ मध्ये नौ हजार दुई सय २०, फलेवास नगरपालिकामा २३ हजार पाँच सय ६४ मध्ये १२ हजार एक सय ३२, कुश्मा नगरपालिकामा ३१ हजार आठ सय २० मध्ये १८ हजार एक सय ३, महाशिला गाउँपालिकामा आठ हजार तीन सय ८७ मध्ये चार हजार एक, मोदी गाउँपालिकामा १९ हजार आठ सय ३६ मध्ये १० हजार पाँच सय ७७ र पैञ्यु गाउँपालिकामा ११ हजार छ सय २० मध्ये छ हजार चार सय १९ मत खसेको हो ।

जिल्लाको कूल मतदाता सङ्ख्या एक लाख २२ हजार छ सय १९ मध्ये ६६ हजार दुई सय ७३ मत खसेको छ । सोे कार्यालयका प्रवक्ता राजु ढुङ्गानाका अनुसार जिल्लाका सबै मतदानस्थलबाट मतपेटिका सदरमुकाम आइसकेका छन् । बिहान सर्वदलीय बैठक आह्वान गरिएको र बैठक सकिएलगत्तै मतगणना पनि सुरु गर्ने तयारी गरिएको ढुङ्गानाले बताए ।