२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद चुनिएको भोलिपल्टै संसदीय दलको निर्वाचनको तयारी थाल्छुः गगन थापा



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले मतदान गर्नुभएको छ ।

महामन्त्री थापाले आज काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँ काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार हुनुहुन्छ । मतदानपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा महामन्त्री थापाले संवैधानिक व्यवस्था भित्रको चक्र नटुटाउन आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्रीका लागि आफूले प्रत्यक्ष संकेत दिएको बताउनु भयो ।

उहाँले नेपाली काँग्रेस बाहेक अरु कुनै पार्टीमा संसदीय दलका लागि औपचारिकता पनि पूरा नहुने बताउनु भयो । महामन्त्री थापाले सांसद चुनिएर गएको भोलिपल्टबाट नै संसदीय दलको निर्वाचनको तयारी गर्ने बताउनु भयो । उहाँले ड्राइभिङ सिटमा बसेर कठिनालाई पार गर्ने आफ्नो प्रमुख चुनौती रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो परोक्ष संकेत होइन । यो प्रत्यक्ष संकेत हो । नेपाली काँग्रेसमा विजयी सांसदबाटै संसदी दलको नेता चुनिने हो । आजको दिनको यथार्थ के हो भने नेपाली काँग्रेस बाहेक, अरु कुनै पार्टीमा संसदीय दलका लागि औपचारिकता पनि पूरा हुँदैन जस्तो लाग्छ । मैले यो घोषणा गरेको होइन अवस्था बताएको हुँ । आइहालेको अवस्थामा नेपाली काँग्रेस भित्र आउने हो । जहा संसदीय दलको निर्वाचन हुन्छ । जहाँ मैले मेरो दाबी प्रश्तुत गरेको छु । दाबी गरेको मात्र होइन, यहाबाट सांसद भएर गएको भोलिपल्ट बाटै संसदीय दलको निर्वाचनको तयारी गर्ने हो । लड्न्े हो, जित्ने हो । सोही आधारमा म जान्छु र ड्राइभिङ सिटमा बसेर कठिनालाई पार गर्ने हो भने मेरो संकल्प हो ।’

महामन्त्री थापाले काठमाडौं क्षेत्र नम्बर ४ का मतदाताहरु शिक्षित रहेकाले आफ्नो विवेकको प्रयोग गरी मतदान गर्न आग्रह गर्नुभयो ।