२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदानका लागि गाउँ फर्किनेहरु भन्छन्ः युवालाई नेतृत्वमा ल्याउनुपर्छ- फोटो फिचर



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि काठमाडौं उपत्यकाका नाकाहरुबाट घर फर्किने मानिसहरुको चहलपहल तिब्र बनेको छ ।

भोट हाल्न एक दिन मात्रै बाँकी रहँदा काठमाडौंबाट अन्य जिल्ला बाहिरिने नाकाहरु कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा घर फर्किने यात्रुहरुको चहलपहल तिब्र बनेको हो । मंसिर ४ गते आईतवार (भोलि) हुने चुनावका लागि ३ गते मध्यरातिदेखि गाडी चलाउन नपाइने भएकाले आज शनिवार काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या उल्लेख्य देख्न सकिन्छ ।

काठमाडौंको कोटेश्वरबाट भोट हाल्न गाउँ फर्किन लागेका अधिकांश मतदाताहरुले यसअघि नेताहरुले आफूले गरेका प्रतिवद्धता पूरा नगरेको र विकासका कामहरु पनि गर्न नसकेको बताए । उनीहरुले देश विकासका लागि भन्दा आफ्ना आफन्तहरुको भरपोषण मात्रै गरेको उनीहरुको गुनासो छ । धादिङका वासिन्दा लालबहादुर लामा भोट हाल्नको जिल्ला जाने तरखरमा शनिवार बिहानै कोटेश्वरमा गाडी कुरिरहनुभएको थियो ।

उहाँले नेताहरुले निर्वाचनका लागि जनतालाई प्रलोभनमा पार्ने तर समग्र देशको विकास गर्न नसकेको बताउनु भयो । त्यस्तै काभ्रेपलाञ्चोकका विजय क्षेत्री अबको निर्वाचनमा सक्षम युवाहरुलाई देश विकासको अवसर दिनुपर्ने बताउनु हुन्छ । अहिलेका राजनीतिक दल र नेताहरुको काम नगर्ने शैलीप्रति असन्तुष्ट उहाँले युवाहरुमा नै अब देश विकासको आशा रहेको बताउनु भयो । त्यस्तै रामेछाप मतदानका लागि जान लाग्नुभएका रामजी खड्का विकास गर्न सक्षम युवाहरुलाई जिताउन आवश्यक रहेको बताउनु भयो । उहाँपनि अहिलेको राजनीतिक दल र नेताहरुप्रति असन्तुष्ट नै हुनुहुन्थ्यो ।

त्यस्तै काभ्रेपलाञ्चोक जिल्लाका गौरीशंकर गौतमको भनाइ पनि युवाहरुको भन्दा फरक छैन । उमेरले ७) नाघिसक्नुभएका उहाँ युवाहरुले मात्रै अब देश विकास गर्नसक्ने बताउनु हुन्छ । नेतृत्व गर्ने ठाउँमा युवाहरु गए मात्रै देशले विकास पाउनसक्ने उहाँको भनाइ थियो । शनिवार बिहान कोटेश्वर क्षेत्रमा न्युज एजेन्सी नेपालको टिम पुग्दा उल्लेख्य मात्रामा मानिसहरु मतदानका लागि गाउँ फर्किने तयारीमा गाडी कुरिरहेका थिए । केही राजनीतिक दलका नेताहरुले पठाएको सवारीसाधनमा गाउँ जान लाग्दै थिए भने कोही आफ्नै खर्चमा मौलिक अधिकार मतदानका लागि गाउँ फर्किने तयारीमा देखिन्थे ।

अधिकांश जनताहरुले यसपटक विकासका कामलाई अघि बढाउनसक्ने नेतृत्वको खोजि गरेका छन् । आफ्नो क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिजुली बत्ती लगायतका विकासका कामहरु अघि बढाउन आग्रहसमेत गरेका छन् ।




भर्खरै