२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले जित्यो युएईविरुद्धको एकदिवसीय सिरिज



File Photo: CAN
अ+ अ-

काठमाडौं । घरेलु टोली नेपालले युएईविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज जितेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा युएईलाई ६ विकेटले हराउँदै नेपालले तीन खेलको सिरिज २-१ ले जितेको हो ।

युएईले नेपालको लागि दिएको १ सय ७७ रनको लक्ष्य ४०.१ ओभरमा ४ विकेट गुमाएर १ सय ८० रन जोड्दै पूरा गर्यो ।

नेपालको जितमा आसिफ शेख र ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए । आसिफले सर्वाधिक ८८ रन बनाए । उनले १ सय १९ बलमा १२ चौका प्रहार गरे । यस्तै मल्लले ६४ रनको योगदान दिए । उनले ७३ बलमा ७ चौका र ३ छक्का हाने। कप्तान रोहित पौडेल १० रन र ओपनर अर्जुन साउद ९ रनमा आउट भए । त्यस्तै दीपेन्द्र सिंह ऐरी सुन्य रनमा रन आउट भए ।

युएईका तर्फबाट हजरत बिलाल र आयन अफजल खानले १/१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ रोजेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । युएईका लागि आयन अफजल खानले ५४ रनको अर्धशतकीय इनिङ खेले भने हजरत बिलालले २० रन बनाए । आयन र हजरतले ८३ रनको साझेदारी गरे। यस्तै अलिशन शराफुले ३३ रन बनाए भने रोहन मुस्तफाले २४ र मुहमद वासिमले ११ रन जोडे ।

नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले २/२ विकेट लिए । सोमपाल कामी र ललित राजवंशीले १/१ विकेट लिए ।