२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इमान्दारी, जिम्मेवारी र जवाफदेहीपूर्ण तरिकाले निर्वाचन गराउन नियोगको अपिल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोग) ले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन इमान्दारी, जिम्मेवारी तथा जवाफदेहीपूर्णरुपमा सम्पन्न गराउन अपिल गरेको छ ।

नियोगले आज पत्रकार सम्मेलनको आयोजना गरी स्वतन्त्र, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण निर्वाचन नै लोकतन्त्रको आधारशीला भएको उल्लेख गर्दै सरकार, राजनीतिक दल र उम्मेदवारलगायत सबैमा उक्त अपिल गरेको हो ।

नियोगका अध्यक्ष कपिल श्रेष्ठले निर्वाचन स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा हुनुपर्नेमा जोड दिँदै निर्वाचनबाट बन्ने भोलिको सरकारले देशको विकास र स्थायित्व दिनसक्ने हुनुपर्ने बताउनुभयो । नियोगले गत असोजको अन्तिम सातादेखि नै निर्वाचनको पूर्वअवधिको पर्यवेक्षण गर्न नेपालका ७७ जिल्लामा तालिम दिएर पर्यवेक्षक खटाएको छ । नियोगले दीर्घकालीन पर्यवेक्षणको तयारी, मतदाता शिक्षा, प्रचारप्रसारका गतिविधि, निर्वाचनमा हिंसा तथा सुरक्षालगायतका विषयमा नेपालमा पहिलो पटक एपोलो दु्रत रिपोर्टिङ प्रणालीको प्रयोग गरेको जनाएको छ ।

नियोगले ७७ जिल्लामा करिब दुई हजार छोटो अवधिका लागि पर्यवेक्षक तयार गरेको छ । तीमध्ये एक सय ५० राष्ट्रिय पर्यवेक्षकसहित मतदान केन्द्रमा लक्षित गरेर तयार गरेको नियोगले जनाएको छ । नियोगले पर्यवेक्षक प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यफरक बनाउन राष्ट्रियस्तरको ‘डाटा सेन्टर’ स्थापना समेत गरेर काम गर्ने तयारी गरेको छ ।




भर्खरै