१७ असार २०८३, बुधबार
,
Latest
मुस्ताङमा युरेनियम उत्खननबारे नेपाली सेना–अमेरिकी सेनाबीच कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल संसदीय शासन प्रणाली असफल भइसक्यो, प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली उपयुक्त विकल्प हुनसक्छः वामदेव गौतम देश फिल्मी संवाद र ‘ह्याङओभर’बाट चल्दैनः सांसद शर्मा सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोज्यो, खबरदारी गर्नुपर्छः युवराज ज्ञवाली न्युनतम यात्रु पनि नभएपछि कतिपय विमानस्थलहरु नियमित रुपमा सञ्चालन गर्न सकिएनः पर्यटनमन्त्री पौडेल भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभाग प्रवेश गरेको हो, यसमा अरु नियोजित एवं गलत… कुटनीतिक वार्तामार्फत सीमा विवाद समाधान गर्न सरकार प्रतिवद्ध, सुस्तामा तटबन्ध निर्माणबारे भारतीय पक्षसँग समन्वय हुँदै डिशहोमको तुषाल मल्टिभेन्युसँग हातेमालो, भर्चुअल प्रिभिलेज कार्डमार्फत सुविधा प्रदान गर्ने स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग काभ्रेपलाञ्चोकमा सवारी दुर्घटनामा युवतिको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदातालाई विकल्प राप्रपाले दिन्छ: राजेन्द्र लिङ्देन



अ+ अ-

ललितपुर । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विद्यमान राजनीतिक प्रणाली र यसका अगुवा नेतृत्व नै देशको स्थिरता, विकास र समृद्धिको बाधक भएको बताएका छन् । आज ललितपुरको इमाडोलमा आयोजित क्षेत्रीय आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले लामो समय असफलताको नेतृत्व गरिरहेका दल र नेतृत्वको गलत नीति, अकर्मण्यताको विकल्प खोजिनुपर्ने बेला आएको बताएका छन् ।

लिङ्देनले राप्रपा केवल एउटा राजनीतिक पार्टी मात्रै नभएको, जनअपेक्षक्षालाई धोका दिने दल चलाउने उद्देश्य नभएको प्रष्ट पार्दै राप्रपाको महाधिवेशनपछि आम जनतामा सकारात्मक आशा पैदा भएको दाबी गरेका छन् । सम्बोधनको लामो समय कांग्रेस, एमाले र माओवादीको आलोचनामा समय खर्चिएका लिङ्देनले ठूला दलकै कारण कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकालाई असफल तुल्याउने, विवादित बनाउने र जनतामा निराशा पैदा गर्ने काम भइरहेको उल्लेख गरेका छन् ।

बिचौलिया व्यापारी, भ्रष्ट कर्मचारीसंगको मिलेमतो र राजनीतिक नेतृत्वको संरक्षणमा देशमा भ्रष्टाचार व्याप्त भइरहेको र न्यायालय समेत भ्रष्टाचारमुक्त हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको भन्दै लिङ्देनले गणतन्त्र लुटतन्त्रमा रुपान्तरित भएको बताएका छन् । जीवनको पहिलो मताधिकार गर्दै गरिरहेका नवयुवालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले 'नेपालको हिन्दु राष्ट्रको पहिचान हटाइ धर्म निरपेक्षता गराउन विगतमा गल्ती भएका छन्, यो गल्ती सच्याउनुपर्छ, पहिलो र पवित्र भोट हिन्दु राष्ट्र पक्षधर राप्रपाले पाउनुपर्छ ।'

राजालाई गाली गरेर राजनीति गर्ने दिन हिजो थियो, राजालाई गाली गरेको भरमा केही दल र नेताहरू स्थापित पनि भए, अध्यक्ष लिङ्देनले भने 'विगतको अवस्था जस्तै ठानेर राजालाई गाली गरेर उठ्ने सपना कसैले देखिरहेको छ भने त्यो दिवासपना हुने र राजालाई गाली गरेर राजनीति धान्ने दिन गए ।'

आमसभालाई उपाध्यक्ष रोशन कार्की, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य एवं चर्चित नायिका रेखा थापा, धर्म संस्कृति समन्वय विभागका प्रमुख पुष्पराज पुरुष, धार्मिक अभियन्ता अभिषेक जोशी, केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख आनन्द अधिकारी लगायतले सम्बोधन गरेका थिए ।




भर्खरै