६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

एमाले कार्यकर्ताद्वारा शहरी विकास सचिवलाई घेराउ

एमाले कार्यकर्ताद्वारा शहरी विकास सचिवलाई घेराउ
अ+ अ-

दाङ । नेकपा (एमाले) का कार्यकर्ताहरुले दाङमा आएका शहरी विकास मन्त्रालयका सचिव डा रमेश सिंहसहितको टोलीलाई घेराउ गरेका छन् ।

निर्वाचनको मुखमा शहरी विकासमन्त्री मेटमणि चौधरीलाई भेट्न आएपछि सचिवसहितको टोलीलाई एमाले कार्यकर्ताहरुले घेराउ गरेका हुन् । चौधरी दाङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा उम्मेदवार हुनुहुन्छ ।

एमाले कार्यकर्ताहरुले सचिव सिंहमाथि निर्वाचनमा मन्त्री चौधरीलाई सघाउन आएको आरोप लगाएका छन् । एमालेको युवा संगठन राष्ट्रिय युवा संघका कार्यकर्ताहरुले राति सचिव सिंहसहितको टोली बसेको होटलमा घेराउ गरेका हुन् । होटल घेराउ गरेपछि प्रहरीले राति साढे १ बजे नै कडा सुरक्षाका बीच मन्त्रालयका सचिवको टोलीलाई उद्धार गरेको थियो ।

सचिव सिंहसहितको टोली राति १ः३० बजे नै होटलबाटै बाहिरिएको थियो । एमाले कार्यकर्ताहरुले निर्वाचनमा मन्त्री चौधरीलाई जिताउन आर्थिक चलखेल गरेर मतदातालाई प्रभावित बनाउन खोजेको आरोप लगाएका छन् ।

तर मन्त्री चौधरीका स्वकिय सचिव नारायण शर्माले सचिव सिंह अवकाश हुन लागेकाले मन्त्रीसँग विदाइ हुन दाङमा भेट्न आएको बताएका छन् ।