६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

ललितपुर २ मा कृष्णलाल र प्रेमबहादुर पहिले मित्र, अहिले प्रतिस्पर्धी

ललितपुर २ मा कृष्णलाल र प्रेमबहादुर पहिले मित्र, अहिले प्रतिस्पर्धी
अ+ अ-

पाटन । आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि ललितपुर क्षेत्र नं २ मा कृष्णलाल महर्जन र प्रेम महर्जनसहित २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

विभिन्न राजनीतिक दलबाट १४ र आठ स्वतन्त्र उम्मेदवारहरुले प्रतिनिधिसभाका सदस्यका लागि मतदाताको घरदैलोमा पुगेर मत मागिराख्नुभएको छ । प्रतिस्पर्धामा रहेका उम्मेदवारमध्ये पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका एकीकृत समाजवादीका कृष्णलाल महर्जन र नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

कृष्णलाल र प्रेमबहादुरबाहेक ललितपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बुद्धरत्न महर्जनले उम्मेदवारी दिनुभएको छ । यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीबाट सुरोज अवाले, नेसनलिष्ट पिपल्स पार्टीबाट निरञ्जन गणेश, मङ्गोल नेसनल अर्गनाइजेसनबाट खेमप्रसाद श्रेष्ठ, लोकतान्त्रिक समाजवादीबाट लक्ष्मण शाही, नेपाल मजदुर किसान पार्टीका तर्फबाट राजवीर डङ्गोल उम्मेदवार हुनुहुन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रघुबरराज थापा, जनसमाजवादी पार्टी नेपालबाट शिव पौडेल, नेपाल सुशासन पार्टी नेपालबाट जयबहादुर खत्री, सङ्घीय लोकतान्त्रिक मञ्चबाट भुवान सिं लिम्बू, एकीकृत शक्ति नेपाल पार्टीबाट सुरेश महर्जन र हाम्रो नेपाल पार्टीबाट सुदिन शाक्यले उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै राजनीतिक दलबाहेक राधिका सुवेदी, निरजभक्त माथेमा, हेराकाजी अवाले, विकास शाक्य, सरिना लाखे (श्रेष्ठ), दीपेशकुमार केसी, ऋषिराज भेटवाल र सञ्जीव चौधरीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

ललितपुर महानगरपालिका-६, ७, ८, ९, ११, १२, १६, १७ र १९ वडा गरी नौवटा वडा, महालक्ष्मी नगरपालिकाको पूरै भागको १० वडासमेत गरी १९ वटा वडाहरु रहेको यस क्षेत्रमा ८१ हजार आठ सय ९७ मतदाता छन् । जसअनुसार ३९ हजार सात सय ४१ पुरुष, ४२ हजार एक सय ५६ महिला मतदाता छन् ।

यसअघि दुई कार्यकाल सांसद भइसक्नु भएका कृष्णलालसँग प्रतिस्पर्धामा रहनु भएका प्रेमबहादुर पहिलो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुनु भएको छ । २०५६ सालमा नेपाली कांग्रेसका उम्मेदवार जगतराज शाक्यलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा यसै क्षेत्रबाट निर्वाचित हुनुभएका कृष्णलालले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा समेत नेपाली कांग्रेसकै उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गरी जित हासिल गर्ने सफलता प्राप्त गर्नुभयो । २०७४ मा कृष्णलालले २७ हजार सात सय १३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका चन्द्र महर्जनले १६ हजार नौ सय ४५ मत प्राप्त गर्नुभएको थियो ।

विसं २०५६ र २०७४ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार हुनुभएका कृष्णलाल यसपटक भने नेकपा ९एकीकृत समाजवादी० पार्टीबाट उम्मेदवार हुनुहुन्छ । विगतका चुनावमा आफूलाई सहयोग गरेर चुनाव जिताउन भूमिका खेलेका राजनीतिक तथा सामाजिक क्षेत्रका सहकर्मी प्रेमबहादुर अहिले उहाँकै प्रतिस्पर्धी हुनुहुन्छ ।

क्षेत्र नम्बर २ को सहरी क्षेत्रमा नेवारी समूदाय, त्यसमा पनि महर्जन, डङ्गोलहरुको बाहुल्यता छ । महर्जन, डङ्गोलहरुको जातीय समाज ज्यापू समाजमा कृष्णलाल मानार्थ सदस्य हुनुहुन्छ भने प्रेमबहादुर पूर्वाध्यक्ष हुनुहुन्छ । यस क्षेत्रका अधिकांश मतदाताहरु रहेको ज्यापू समाजभित्र दुवैको प्रभाव राम्रै छ । यस क्षेत्रमा कसलाई चुनाव जिताउने भन्नेमा यो समाजको पनि धेरै भूमिका रहन्छ ।

अघिल्लो पटक एमालेमा हुँदा तत्कालीन समयमा गठबन्धनमा रहेको नेकपा माओवादी यसपटक कांग्रेस, एकीकृत समाजवादीसहितको पाँचदलीय गठबन्धनमा आबद्ध छ ।

कृष्णलालले आफू सांसद हुँदा गरेका काम र यहाँको संस्कृति र सम्पदा संरक्षणमा आफूले पु¥याएको योगदान नै आसन्न निर्वाचनका लागि जितको बलियो आधार मान्नु भएको छ ।

“म आफू सांसद हुँदा यहाँको संस्कृति र सम्पदा संरक्षणमा महत्वपूर्ण काम गरेको छु । मतदातासामू लाजले शिर झुकाउनुपर्ने कुनै पनि काम गरेको छैन, अब पनि यस क्षेत्रको आर्थिक सामाजिक, सांस्कृतिक विकासमा लागिपर्नेछु , यही आधारमा पनि यहाँका मतदाताले मलाई विश्वास गरेर मत दिन्छन्”, कृष्णलालले भन्नुभयो ।

उता प्रेमबहादुरले एमालेमा लागेको ४० वर्षपछि सांसदको उम्मेदवार भएको दाबी गर्दै विगतमा पार्टी, ज्यापू समाज र सामाजिक संङ्घसंस्थामा बसेर गरेको काम नै आफ्नो जितको आधार भएको दाबी गरिरहनुभएको छ ।

“मैले राजनीतिमा लागेको ४० वर्षपछि सांसदको उम्मेदवार भएको छु । ज्यापू समाजको अध्यक्ष भएर काम गरेको छु”, उहाँले भन्नुभयो, “यस क्षेत्रका नागरिकहरुको जीवनशैली परिवर्तन गरी आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्ने लक्ष्य लिएको छु, यही आधारमा मलाई यहाँका मतदाताले मलाई विश्वास गरेर मत दिनेछन् ।”

गत स्थानीय चुनावमा यस क्षेत्रका कूल १९ वटा वडामध्ये ललितपुर महानगरका ६ र महालक्ष्मीका तीनवटा गरी नौवटा वडामा कांग्रेसले, एकवटा वडामा माओवादी केन्द्रले र महानगरका तीनवटा र महालक्ष्मीका ६ वटा वडा गरी नौवटा वडामा एमालेका उम्मेदवारले वडाध्यक्ष जित हासिल गर्नुभएको छ । यो क्षेत्रमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले २१ हजार आठ सय १९, एमालेले १६ हजार दुई सय ३७, माओवादीले पाँच हजार आठ सय ८६ र समाजवादीले दुई हजार पाँच सय ६० मत प्राप्त गरेको छ ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी र समाजवादीले यो क्षेत्रमा पाएको मत जोड्दा ३० हजार दुई सय ६५ मत हुन्छ । एमालेले कसैसँग पनि तालमेल नगरेकाले उसँग १६ हजार दुई सय ३७ मत छ ।