४ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रगति प्रतिवेदन मेयर बालेनलाई बुझाउदै बिदा भए प्रदीप प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री पौडेल एरिका ऐतिहासिक स्वर्णनजिक क्यानडा पठाइदिने भन्दै रु १८ लाख बढी ठगी गर्ने पक्राउ मदन भण्डारी रूपान्तरण पुरस्कार रामकृष्ण दुवाललाई नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट हठ त्याग्नुस, संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो:- कमल थापा युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओशाकाको सिरो कुराउचीको भुजुङप्रतिको प्रेम



अ+ अ-

काठमाडौं । ग्रामीण पर्यटनका लागि प्रख्यात लमजुङको मिदीम खोलाको छेउमा रहेको भुजुङ गाउँमा रहेको ४०० घरधुरीलाई गामबेसी गर्दा समान ओसारपसारका लागि ठूलो हैरानी थियो ।

पर्यटकमा रुपमा जापानको ओशाकाबाट नेपाल घुम्न आएका सिरो कुराउचीलाई त्यहाँको दुःख देख्दा केही गरौँ भन्ने हुटहुटी जाग्यो । उनकै अगुवाईमा २०५६ सालमा पहिलो पटक सानो रोप वे बन्यो । जसका कारण करिब डेढदेखि दुई घण्टा लगाएर खलखल पसिना निकाल्दै नाम्लो लगाएर समान ओसारपसार गर्नुपर्ने बाध्यता हट्यो ।

त्यो रोप वे भुजुङका स्थानीय बासिन्दालाई वरदान सावित भयो । पर्यटकका रुपमा भुजुङ पुगेका कुराउची को साइनो यसरी गाडियो कि उनी समय मिल्नासाथ जापानबाट नेपाल आउँछन् र भुजुङ पुग्छन् । ११ सय मिटरको रोप वेले ग्रामीण क्षेत्रमा सहज भएपछि उनैको अगुवाईमा २०६६ सालमा अर्को १४ सय मिटर लामो रोप वे पनि निर्माण भएको छ ।

क्व्होलासोथार गाउँपालिका–४ भुजुङका तुलबहादुर गुरुङले न्यूजपोलारसँग भन्नुभयो, “गामबेसी गर्दाको हैरानीलाई रोप वेले निकै सहज बनाइदिएको छ, डेढ घण्टाको बाटो १० मिनेटमा छोटियो ।”

विशेष गरेर सामान ओसारपसार गर्नका लागि बनाइए पनि आपत्विपत् वा बूढाबूढी केटाकेटी पनि त्यही रोप वेबाट आउजाउ गर्ने गरेको गुरुङले बताउनुभयो ।

उहाँका अनुसार मिदीम खोलाको किनारमा तीन ओटा फाँट छन् । रोप वेले गर्दा फाँटमा उत्पादन भएको सामग्री र गाउँबाट फाँटमा लैजानु पर्ने सामग्री ओसारपसारका लागि निकै सहज भएको छ ।

टुकुसिमा फ्रेन्डसिप एशोसिएसन नेपालका अध्यक्ष विष्णुकुमार श्रेष्ठका अनुसार ग्रामीण पर्यटनको प्रमुख क्षेत्र भुजुङमा निर्माण भएको यस रोप वे नेपाल–जापान मित्रताको सेतुका रुपमा रहेको छ । स्थानीयलेवासी २०५६ सालमा आफ्नै श्रमदान र विभिन्न सघं/सस्थाबाट सहयोग जुटाएर गाउँकै मिदिम खोलाबाट ८० किलोवाट क्षमताको बिजुली निकालेका छन् । विकासका लागि आफ्नो श्रम र सीपलाई सदुपयोग गरेका भुजुङबासीले १७ वर्षदेखि बिजुली उपभोग गर्दै आएका छन् ।

परम्परागत र जीवन्त गुरुङ संस्कृतिको खानीका रुपमा भुजुङलाई लिने गरिन्छ । भुजुङमा सुविधासम्पन्न होमस्टे सञ्चालन भएका छन् ।

फोटो – न्हुच्छे मान डंगोल