६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

तनहुँमा निर्वाचनको तयारी पूरा

तनहुँमा निर्वाचनको तयारी पूरा
file
अ+ अ-

तनहुँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक कर्मचारी नियुक्ति, तालिम सकेपछि अब सामग्री बुझाउने काम मात्र बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

क्षेत्र नम्बर १ र २ मा खटिने मतदान र सहायक मतदान अधिकृतलाई शनिबार र आइतबार तालिम प्रदान गरिएको छ । क्षेत्र नम्बर १ अन्तर्गतका तीन सय चार र क्षेत्र नम्बर २ अन्तर्गतका तीन सय छ जना मतदान र सहायक मतदान अधिकृतलाई तालिम सम्पन्न भएको कार्यालय प्रमुख हरिप्रसाद ढकालले बताए ।

तालिममा कानुनी, व्यावहारिक र सैद्धान्तिक पक्षबारे जानकारी दिइइएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र तथा मतदान केन्द्र निर्माण गर्ने तरिकाका विषयमा जानकारी गराइएको छ ।

मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने, निर्वाचन सकिएपछि के के गर्नेलगायत विषयमा तालिममा जानकारी गराइएको छ ।

मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले निर्वाचनमा खटिने कर्मचारीले निष्पक्ष भएर जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो । केसीले आचारसंहिता बाँधिएर निर्वाचनलाई सम्पन्न गराउनेतर्फ ध्यान दिन आग्रह गर्दै भने, “निर्वाचनमा खटिएपछि सबैले आफ्नो आस्थालाई बिर्सिनुपर्छ, सबैलाई समान नजरले हेरेर निष्पक्षरुपमा निर्वाचन सम्पन्न गराउनेतर्फ लाग्नुपर्छ ।”

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले निर्वाचनलाई भयरहित बनाउन सुरक्षा अवस्था मजबुद बनाइएको भन्दै ढुक्क भएर निर्वाचनमा सहभागी हुन आग्रह गरे । “मतदान केन्द्रमा सुरक्षाको अवस्था मजबुद बनाइएको छ, सुरक्षामा कुनै कसुर बाँकी राखिँदैन”, उनले भने, “ढुक्क भएर निष्पक्षरुपमा जिम्मेवारी वहन गर्नेतर्फ ध्यान दिनुहोला ।” मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्यरुपमा वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइएको प्रजिअ अर्यालले बताए ।

जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको र अब सामग्री बुझाउन मात्र बाँकी रहेको निर्वाचन अधिकारी ढकालले बताए । “कात्तिक २९ गतेबाट मतदान अधिकृतलाई निर्वाचन सामग्री बुझाउने काम हुन्छ, मङ्सिर १ गते सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्नुपर्ने हुन्छ ।”

निर्वाचन कार्यालयले निर्वाचन अधिकृतको कार्यालयमा सामग्री ढुवानी गरिसकेको छ । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट सामग्री वितरण हुने भएकाले तनहुँ क्षेत्र नम्बर २ का लागि निर्वाचन अधिकृतको कार्यालयमा सामग्री पठाइएको छ । “यसपटक सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट कर्मचारीलाई सामग्री वितरण गरिने भएकाले क्षेत्र नम्बर २ का लागि आवश्यक सामग्री पठाएका छौँ”, उनले भने, “क्षेत्र नम्बर १ को कार्यालय दमौलीमा नै भएकाले केही दिनमा पठाउँछौँ ।”

निर्वाचनका लागि आवश्यक पर्ने सबै सामग्री प्याकिङ गरेर पठाइएको छ । प्रति मतदान केन्द्रमा ६१ प्रकारका सामग्री पठाइनेछ । निर्वाचनका लागि तनहुँमा तीन हजार तीन सय ६० कर्मचारी आवश्यक पर्नेछन् । त्यसमध्ये दुई हजार चार सय ४० कर्मचारी निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्त गरिने मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले बताउनुभयो । त्यसका अलवा सम्बन्धित मतदान केन्द्रमा एक हजार दुई सय २० स्वयंसेवक नियुक्त गरिनेछ ।

आँबुखैरेनी गाउँपालिकामा कूल एक सय ३६, ऋषिङ गाउँपालिकामा दुई सय, घिरिङ गाउँपालिकामा एक सय ३६, देवघाट गाउँपालिकामा एक सय १९, बन्दीपुर गाउँपालिकामा एक सय ६८, भानु नगरपालिकामा तीन सय ९२, भिमाद नगरपालिकामा दुई सय ४८, म्याग्दे गाउँपालिकामा एक सय ६०, व्यास नगरपालिकामा चार सय ४७ र शुक्लागण्डकी नगरपालिकामा एक सय ८९ जनशक्ति परिचालन गरिनेछ ।

जिल्लाका दुई लाख ४४ हजार तीन सय ४० मतदाताले मतदान गर्दैछन् । गत स्थानीय तह निर्वाचनमा भन्दा यसपटक ४९ हजार आठ सय ६९ बढी मतदाता थपिएका छन् । विसं २०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार चार सय ७१ मतदाता रहेका थिए । रासस