६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

विकासको पर्खाइमा काठमाडौँ नाङलेभारेका मतदाता

विकासको पर्खाइमा काठमाडौँ नाङलेभारेका मतदाता
अ+ अ-

नाङ्लेभारे । विकासका दृष्टिले राजधानी काठमाडौँको दरबारमार्ग सुविधासम्पन्न मानिन्छ । स्वदेशी र विदेशी महङ्गा ब्राण्डले सजिएको यो क्षेत्र देशकै सबैभन्दा महङ्गोमध्येमा पर्छ । दुई वटा पाँच तारे होटलदेखि सुविधासम्पन्न रेष्टुराँ र पवले यो सानो क्षेत्र हर समय गुञ्जायमान भइरहन्छ ।

तर यही दरबारमार्गदेखि मात्रै ३० किलोमिटर उत्तर-पूर्वमा पर्ने नाङ्लेभारे भने विकासका दृष्टिले निकै पर धकेलिएको क्षेत्रमा पर्छ । यसले आधारभूत आवश्यकता अन्तर्गतका गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी र सडकको सुविधाको महसुस गर्न पाएको छैन ।

राजधानी काठमाडौँको निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने यो त्यही क्षेत्र हो, जसले २०७० र २०७४ सालमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई जिताएको थियो । यसपटक भने सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का ओनसरी घर्ती प्रतिनिधिसभा सदस्य उम्मेदवार हुनुहुन्छ । जसलाई माधवकुमार नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टीले समर्थन गरेको छ ।

हालैको चुनावी कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले (प्रचण्ड)ओनसरीलाई जिताए मन्त्री बनाउने र विकासको लहर ल्याउने दाबी गर्नुभयो । तर प्रचण्डका यी दाबीमा यहाँका मतदाताले विश्वास गर्ने बलियो आधार भने बन्न सकेको छैन । किनभने माओवादी पार्टीका तर्फबाट २०६४ सालमा माधवकुमार नेपाललाई पराजित गर्दै झक्कुप्रसाद सुवेदी विजयी हुँदा पनि यो क्षेत्रले केही पाएन ।

शङ्खरापुर नगरपालिकाको वडा नं १ मा पर्ने नाङ्लेभारे, चापाबोट र आसपासका समस्या निकै दयनीय अवस्था रहेको बुझ्न सकिन्छ । र, जनताका यी समस्या समाधानमा निर्वाचनमा नेताहरुले भने जस्तै हुन्छ भन्नेमा स्थानीय रोजिता तामाङ विश्वस्त हुन सक्नु भएको छैन ।

“चुनाव हो मत त दिउँला तर जितेपछि यो गाउँमा फर्केर कोही आउँदैनन”, तामाङले भन्नुभयो “अघिल्लो चुनावमा ‘एक घर एक धारा’को नारा धेरैले लगाउनु भयो, तर अहिले एउटा धाराको पानीले २० घर धान्नु परेको छ ।”

तामाङको जस्तै समस्या निर्मला शिवभक्तिले पनि भोग्नु भएको छ । तर उहाँ अझै आशावादी भने हुनुहुन्छ । “हामी जस्ता गरिबका लागि उपचार गर्न गुणस्तरीय स्वास्थ्य सेवा र अध्ययनका लागि शिक्षा भए पुग्ने थियो, हेरौँ अब यसपाली केही भइपो हाल्छ कि रु”, उहाँले भन्नुभयो ।

विगतका निर्वाचनमा उम्मेदवारहरुले दिएका विकास निर्माणका कामहरु पूरा भएनन् । ती चुनावी भाषणमा मात्रै सीमित भए । तर आश्वासनहरु अब भने पूरा हुन्छन् कि भन्नेमा स्थानीय कमलनाथ ढकाल आशावादी हुनुहुन्छ । “पहिलाकाले आश्वासनमात्रै दिए, यसपटक उम्मेदवारले आफ्ना प्रतिबद्धता पूरा गर्लान् कि”, ७२ वर्षे ढकालले भन्नुभयो ।

चुनावी प्रचारप्रसारका क्रममा मत माग्दै नाङलेभारेका घरदैलोमा पुग्नु भएकी उम्मेदवार ओनसरी घर्तीले मतदाताका माग पूरा गर्ने बाचा दिनुयो । “मलाई निर्वाचित गराएर पठाउनुस् म तपाईंसँग गरेको बाचा र प्रतिबद्धतामा पूरा गर्नेछु, यो विश्वासलाई कायम राख्ने छु ।”

नेतृ घर्तीले गठबन्धन विकास र समृद्धिको एजेण्डाका साथ अघि बढेको उल्लेख गर्दै जनताको आधारभूत आवश्यकता पहिचान गरी प्राथमिकताका आधारमा सम्बोधन गर्दै जाने बचन दिनुभयो ।

तर ६८ वर्षे मेघप्रसाद दङ्गाललाई भने उम्मेदवारको प्रतिबद्धताप्रति पटक्कै विश्वास छैन । “जो उम्मेदवार आए पनि आश्वासन र भ्रम मात्रै फैलाउने हुन् काम गर्ने होइनन्,” उहाँले भन्नुभयो, “अब यी कुरामा मलाई विश्वास लाग्न छाड्यो ।”

यो क्षेत्रका मतदाताको एउटै शर्त छ, अब हामीमाथि धोका नहोस् । स्थानीय शम्भुप्रसाद ढकाल निर्वाचनमा कसैलाई मत दिन मन नभएपछि मताधिकार भने गर्ने बताउनुभयो । “चुनावमा भोट माग्न गाडीको लस्करले धुलो उडाएका छन्, तर यो सडकमा कालोपत्रे गर्ने विषयमा कसैको ध्यान छैन”, उहाँले भन्नुभयो, “नेताहरुले वेवास्ता गरेको देख्दा भोट नहालौँ भन्ने लाग्छ तर के गर्नु मताधिकार प्रयोग गर्नैप¥यो ।”

स्थानीय नेता नेत्रप्रसाद दङ्गालले गाउँमा पानीको समस्या रहेको र करिब १२ किलोमिटर दूरी टाढाको सिस्नुखोला र छुलेखोलाको पानी गाउँमा ल्याउने योजना बनिरहेको बताउनुभयो ।

नेपाली कांग्रेसकी स्थानीय नेतृ मीरा महर्जनले सडक, खानेपानीको समस्या समाधानका साथै महिलालाई सुस्केरी गराउन विगतमा भोग्नुपरेका समस्या हल भइदिए राहत मिल्ने बताउनुभयो ।

नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ क्षेत्र नं २ प्रदेशसभा सदस्यका उम्मेदवार ध्रुव केसीले गाउँको मुहार फेर्न आफू प्रतिबद्धताका साथ लाग्ने दाबी गर्नुयो । नेकपा ९एकीकृत समाजवादी०को तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार भरतप्रसाद फुँयालले यहाँका किसानका समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । नौवटा वडा रहेको शङ्खरापुर नगरपालिकामा कुल २२ हजार छ सय मतदाता छन् । रासस