२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ गठबन्धनले निर्वाचनमा उठेका बागी उम्मेदवारहरुलाई निष्तेज पार्न अधिकतम प्रयास गर्ने



अ+ अ-

काठमाडौँ । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उठेका बागी उम्मेदवारहरुलाई निष्तेज पार्न अधिकतम प्रयास गर्ने भएको छ ।

शनिबार सानेपास्थित नेपाली काँग्रेसको केन्द्रिय कार्यालयमा बसेको सत्तारुढ गठबन्धनको केन्द्रिय निर्वाचन परिचालन समितिको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुका कुनै पनि उम्मेदवार पराजित हुन नदिनका लागि बागी उम्मेदवारहरुलाई निष्क्रिय बनाउन अधिकतम प्रयास गर्ने निर्णय लिइएको सो निर्वाचन परिचालन समितिका सदस्य डा. सुरेश आचार्यले बताउनु भयो ।

बैठकले बागी उम्मेदवारहरुलाई निष्तेज पार्ने काममा ध्यान दिन गठबन्धन दलका शिर्ष नेताहरुलाई पुनः ध्यानाकर्षण समेत गराएको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै समितिका सदस्य आचार्यले भन्नु भयो, ‘जहाँ गठबन्धनको विरुद्ध गठबन्धनको उम्मेदवारी छ । त्यसलाई निष्क्रिय गराउनका लागि अधिकतम प्रयास गर्ने निर्णय गरिएको छ । र, त्यसका लागि आवश्यक्ता अनुसार हरेक दलका पार्टीको नेतृत्वलाई आ–आफ्नो तर्फबाट आग्रह गर्ने निर्णय भएको छ ।

मूल रुपमा चाँही गठबन्धन दलका उम्मेदवारहरु कुनै पनि ठाउँमा पराजित हुने स्थिति आउन नदिनका लागि नै निरन्तर रुपमा हामी यो बैठक गरिराखेका छौं । हामीले सबै आ–आफ्ना दलका तर्फबाट अवस्था कस्तो भनेर उम्मेदवारहरुको मूल्यांकन गरिराखेको छौँ । र, सोही मूल्यांकनको आधारमा रणनीतिहरु तय गर्दै जाने निर्णय पनि गरेका छौं ।’

बैठकमा एमाले नेतृत्वको गठबन्धनले चुनावी आचारसंहिता उलंघन गरिरहेको आरोप लगाउँदै निर्वाचन आयोगलाई त्यसबारे सचेत गराउने निर्णय पनि गरेको नेकपा (एकीकृत समाजवादी)का नेता लक्ष्मण केसीले बताउनु भयो ।