२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदाता शिक्षा कार्यक्रम तत्काल सञ्चालन गर्न दुई पालिकालाई निर्देशन



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले सिराहका दुई पालिकालाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । आयोगले सिराहाको सखुवानान्कारकट्टी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत तथा सुखीपुर नगरपालिकाका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्न निर्देशन दिएको हो ।

आयोगले दुवै नगरपालिकालाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएको भए यथाशीघ्र सञ्चालन गरी पत्र प्राप्त भएको २४ घण्टाभित्र आयोगमा जानकारी गराउन शुक्रबार निर्देशन दिइएको छ ।

संविधानको धारा २४७ मा आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउने व्यवस्था भएको आयोगको भनाइ छ ।