१४ श्रावण २०८३, बिहीबार
,
Latest
सेवाग्राहीको सुविधाका लागि राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश प्रचण्डकाे प्रश्नः संविधान कमजोर पार्ने प्रयास त भइरहेको छैन? सरकार असफल भए राष्ट्र नै असफल हुने खतरा छः पूर्वप्रधानमन्त्री दाहाल नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो सुनसरी घटनाबारे संयोजक दाहाल–गोली चलाउनुपर्ने अवस्था थियो ? नेपाल–जापान सामाजिक–सांस्कृतिक समानता प्रदर्शनी शुरु संसदमा प्रचण्डको सम्बोधन सुरु सुनसरी घटनाको विरोधमा जनकपुरधाम बन्द, जनजीवन प्रभावित प्रतिनिधि सभाको शुन्य समयः सुनसरी घटना, सीमा सुरक्षा र सरकारको कार्यशैलीप्रति सांसदहरूको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेलाई सिध्याउन खोज्नेहरू मंसिर ४ पछि आफै सिद्धिने छन्ः ओली (फोटोफिचर)



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय नेकपा (एमाले) लाई सिध्याउन निकै प्रयास भए पनि यसको गौरवपूर्ण इतिहास, बलियो संगठन र जनताको मायाका कारण त्यो दुष्प्रयास सफल नभएको बताउनुभएको छ ।

अध्यक्ष ओलीले एमालेलाई भित्तामा पुर्याउँछौं, दिउँसै टर्च बालेर खोज्ने गरी सिध्याउँछौं भन्नेहरूको चाहना पूरा हुन नसकेको बताउनुभयो ।

सुनसरी निर्वाचन क्षेत्र नं. १ को धरानमा आज आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो– ‘हुँडारको शैलीमा एमालेलाई चारैतिरबाट आक्रमण गरेर सिध्याउन खोज्नेहरू त्यसमा असफल भए ।

‘बाघ, भालुलगायत हिंश्रक जनावरले पहिले मार्छन्, अनिमात्र खान्छन् तर हुँडारको जत्थाले शिकार गर्दा चारैतिरबाट ज्यूँदै टोकेर खाने गर्छ’ चर्चा गर्दै अध्यक्ष ओलीले भन्नुभयो– ‘गठबन्धन त्यसैगरी एमालेलाई टोकेर सिध्याउन खोज्ने हुँडारको जत्था हो ।’

नेपालको बामपन्थी आन्दोलनलाई अत्यन्त बलियो बनाउने कदमका रुपमा आफूले माओवादी केन्द्रसँग पार्टी एकीकरण गरेको स्मरण गर्दै अध्यक्ष ओलीले विदेशीका लागि कम्फर्टेवल सरकार बनाइदिने नीति, उद्देश्य बोकेका व्यक्तिहरुका कारण त्यो कदम सफल नभएको स्पष्ट गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘जङ्गलमा एउटा स्याल कराउँदा वित्तिकै सुनेपछि अर्को स्याल जतिसुकै अफ्ठ्यारो अवस्थामा भए पनि कराउँछ । त्यसैगरी पार्टीभित्र ठाडो घाँटी लगाएर कराउनेको जमात निस्क्यो । मलाई अल्पमतमा छ भन्ने ठान्यो र पार्टी कब्जा गर्नुपर्छ भनेर लाग्यो । विभिन्न आरोप लगायो । महाधिवेशनबाट अध्यक्ष निर्वाचित मलाई सडकबाट नेकपाको साधारण सदस्य समेत नरहने गरी निष्काशनको निर्णय सुनाए ।’

यो सबै पार्टी सिध्याउने दक्षिणपन्थी प्रतिक्रियावादी षडयन्त्र भएको वताउँदै अध्यक्ष ओलीले नेपालको सम्पूर्ण राजनीतिक जागरणसँग जोडिएको एमालेलाई कसैले समाप्त पार्न सक्दैनन् भन्नुभयो । नेकपा एमाले वैचारिक, सांगठानिक, राजनीतिक परिवर्तनका लागि गरेको सङ्घर्ष सबै हिसावले राष्ट्रिय राजनीतिको सदैव मूलधार भएको वताउँदै अध्यक्ष ओलीले भन्नुभयो– ‘एमालेलाई भत्काउने प्रयासमा जो–जो लागे उनीहरूले गल्ती गरे ।’

अध्यक्ष ओलीले एमालेलाई सिद्धयाउन खोज्नेहरू मंसिर ४ पछि आफै सिद्धिने बताउनुभयो । एमाले बाहेक अरु पार्टीसँग देश बनाउने भिजन नभएको भन्दै उहाँले नेपाली काँग्रेसले एमालेसँग एक्लै लड्न नसकेर गठबन्धन गरेको बताउनुभयो ।

अध्यक्ष ओलीले पार्टी निर्णयविरुद्ध उम्मेदवारी दिएकाहरूलाई एमालेका मतदाताले भोट नदिने प्रस्ट पार्नु भयो । ‘पार्टीले अन्तमा गएर समर्थन गर्छ कि भन्ने भ्रम नपाल्नु होला,’ सुनसरी क्षेत्र नं। १ मा एमालेबाट बागी उम्मेदवारी दिएका उम्मेदवारप्रति लक्षित गर्दै ओलीले भन्नुभयो– ‘समयमा काम गर भन्दा नगर्ने, समयमा उम्मेदवार हौ भन्दा नहुने अनि दिँदाखेरि नखाने राति उठेर कोल चाट्ने ?’

अध्यक्ष ओलीले कार्यकर्तालाई मतपेटीकाको रक्षा गर्न र मतदातालाई मतदान शिक्षा दिन निर्देशन पनि दिनुभयो ।
अध्यक्ष ओलीले एमाले छाडेर अशोक राईले सम्भावना समाप्त पारे पनि एमालेसँग मिलेपछि पुनः सम्भावना सुरु भएको बताउनुभयो ।
एमाले–जसपा तालमेलबाट सुनसरी १ मा प्रतिनिधि सभाका उम्मेदवार बनेका राई एमालेमा हुँदा पटकपटक मन्त्री भएको बताउँदै अध्यक्ष ओलीले अशोक राईलाई विजयी बनाएर पठाए धरानको समग्र विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

धरानवासीलाई एमालेले कोशीको पानी खुवाउने छ
उहाँले धरानको खानेपानीको दिगो व्यवस्थापनका लागि तीन वटा अवसरहरु रहेको बताउनुभयो–कोशी नदीमा पम्पिङ गर्ने, तमोरबाट लिफ्टिङ गर्ने र मेलम्चीजस्तो भूमिगत सुरुङ निर्माण गरी खानेपानीको दिगो व्यवस्थापन गर्ने । ‘धरानको खानेपानी र विकास निर्माणका लागि राष्ट्रिय योजना, राष्ट्रिय बजेट चाहिन्छ, त्यसका लागि एमालेको सरकार चाहिन्छ,’ अध्यक्ष ओलीले भन्नुभयोे, ‘पम्पिङ गरेर कोशीबाट पानी ल्याएर एमालेले खुवाउँछ, तपाईंहरु ढुक्क हुनुहोस्, नगरको बजेटले सम्भावना छैन, मंसिर ४ पछि आयोजना सुरु गर्ने छौं, काम सुरु गर्ने छौं, स्थायी ढङ्गले पानीको समस्या समाधान गर्छौं, छेउमै कोशी बग्छ, धरान कसरी काकाकूल हुनसक्छ ?’

कार्यक्रममा सुनसरी क्षेत्र नम्वर– १ का एमाले र जसपाका साझा उम्मेदवार अशोक राईले जसपा एमाले समीकरण दुईचार थान नेता बनाउन नभई देश बनाउन भएको बताउनुभयो । कार्यक्रममा बोल्दै एमाले स्थायी कमिटी सदस्य डा। शिवमाया तुम्वाहाम्फेले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न एमालेको सरकार बन्नुपर्ने र त्यसका लागि सुनसरी– १ बाट अशोक राईलाई जिताउनुपर्नेमा जोड दिनुभयो ।