२१ भाद्र २०८३, आईतवार
,
Latest
थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड पत्नी सीताको स्वास्थ्य जटिल



फाइल तस्बिर
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । स्वास्थ्य अवस्था गम्भीर बनेपछि शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएकी सीतालाई नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी) मा राखिएको छ ।

१६ दिनको लामो उपचारपछि गत सोमबार मात्र उहाँलाई घर लगिएको थियो । अस्पतालका अनुसार पछिल्लो अवस्था गम्भीर भए पनि आशा मारिहाल्नुपर्ने अवस्था भने छैन ।

सीताको स्वास्थ्यमा छिनछिनमा उतारचढाव आउन थालेपछि विशेषज्ञ चिकित्सकको निगरानीमा उहाँको उपचार भइरहेको छ ।

सीता लामो समयदेखि जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पीएसपी०’ बाट प्रचण्ड पत्नी सीता पीडित हुनुहुन्छ । चिकित्सकले यो रोगलाई पूर्णरुपमा निको नहुने र रोकथाम मात्र गर्न सकिने बताएका छन् ।

मधुमेह र उच्च रक्तचापबाट समेत पीडित सीताको अहिले अहिले मेडिसिटीमा वरिष्ठ न्युरो रोग विशेषज्ञ डा बाबुराम पोखरेलको नेतृत्वमा उपचार भइरहेको छ ।