२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निगरानी बढाउँदै ट्राफिक प्रहरी



अ+ अ-

रसुवा । ट्राफिक नियमको पूर्णपालनाबाट सवारी दुर्घटना न्यूनीकरण गराउन यहाँ कार्यरत ट्राफिक प्रहरी सक्रिय रहेको छ । हिमाली क्षेत्रको कच्ची सडकमा चालक अनुमतिपत्र बिनाका व्यक्ति सवारीसाधन चलाउने कार्यमा सक्रिय हुन थालेपछि ट्राफिक प्रहरीले निगरानी बढाएको हो ।

पूर्णरूपको दक्षताबेगर सडकमा सवारी चलाउने व्यक्तिउपर ट्राफिक प्रहरीले बढाएको निगरानीबाट मानवीय संरक्षणमा मद्दत जनाइएको छ । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म मोटरसाइकल चालक अनुमतिपत्र एवं बिलबुकसमेत नभेटिएका तीन सय २० जनालाई सचेत गराउँदै ट्राफिक प्रहरीले जरिवानासमेत गरेको हो ।

यस्तै रसुवागढी नाकामा दिनप्रतिदिन सवारीसाधनको चाप बढ्दै गएको र साना तथा ठूला अधिकांश साधनले समेत सवारीसाधनको प्रमाण नबोक्ने गरेको पाइएकाले त्यस्ता गैरजिम्मेवार सबैखाले सवारी चालकलाई जरिवाना गर्दै ट्राफिक नियमको जागरण गराउँदै आएको छ ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख उज्ज्वलकुमार घलेका अनुसार साउनदेखि असोजसम्म कारबाही पर्नेमा मोटरसाइकलका साथै चार सय ९५ ट्रक तथा टिपर, एक सय ५४ जिप/कार एवं ३१ वटा यात्रुवाहक बस रहेका छन् । ती सवारीधनीलाई गरिएको जरिवानाबाट रु १० लाख सात हजार जरिवाना गरिएको बताइएको छ ।

नियमको पूर्णपालना गराउँदै बेला–बेलामा हुने सवारी दुर्घटना न्यूनीकरण गराइ आम नागरिकको जिउज्यानको संरक्षणमा ट्राफिक प्रहरीले गरेको योगदान राम्रो रहेको नागरिक समाजले जनाएको छ ।