३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

कन्याममा ‘स्काई वाक’ का लागि टावर

कन्याममा ‘स्काई वाक’ का लागि टावर
अ+ अ-

काठमाडौै । प्रदेश नं १ को पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिका–७ कन्याममा ‘स्काई वाक’का लागि टावर निर्माण गरिएको छ । नयाँ साहसिक पर्यटकीय खेल एवं गन्तव्यको विकास भइरहेको समयमा नेपालमा पहिलोपटक स्काई वाक सुरु भएको बताइएको छ । डेढ वर्षमा निर्माण सकेर कात्तिक १८ गतेदेखि पर्यटकका लागि स्काई टावर खुला गरिएको छ ।

उक्त टावरको आज नगरप्रमुख रणबहादुर राईले उद्घाटन गर्नुभयो । १२ जना महिलाको चार करोड लगानीमा बनेको टावर उद्घाटन गर्दै नगरप्रमुख राईले पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँग नगरपालिकाले सहकार्य गर्दै जाने बताउनुभएको छ । स्काई टावर तीन स्टेपमा बनेको छ ।

दुईवटा स्टेप चढेर माथि पुगेपछि त्यहाँ पारदर्शी सिसा जडान गरिएको छ । सिसामा उभिँदा आकाशमै उभिएजस्तो महसुस हुने साइट म्यानेजर अर्जुन चौधरीले जानकारी दिनुभएको छ । टावरबाट पूर्वी नेपालका १६ जिल्ला, कन्याम वरिपरि चिया बगान, हिमाल, रमणीय डाँडाकाँडा, कञ्चनजङ्घा हिमालदेखि दार्जिलिङ सिलिगुढीसम्मका रमाइला दृश्य, सूर्योदय र सूर्यास्त दुवै देख्न सकिनेछ । टावरसँगै स्काई रेस्टुरेन्ट पनि सञ्चालन हुनेछ । दोस्रो चरणमा ‘स्विङ’ पनि तयार हुने रोकायले बताउनुभयो ।

स्काई वाक गर्ने पर्यटकले रु पाँच सयको टिकट लिनुपर्ने छ । साथै भिडियो खिच्ने, ड्रोनबाट फोटो, भिडियो खिच्ने, सांस्कृतिक पहिरन लगाएर पनि फोटो खिच्न पाइनेछ । टावरमा एकपटक २२ जनासम्म चढ्न सक्ने क्षमता भए पनि आठजनासम्म चढाइनेछ । स्काई वाक गर्ने पर्यटकको सुरक्षाका लागि स्विच कभर, चढेका व्यक्तिको सङ्ख्या रेकर्ड राखिने र सुरक्षा गार्ड पनि हुनेछन् । वन्डर्स नेपालको प्राविधिक सहयोगमा बनेको स्काई वाक टावरको परिकल्पना पनि वन्डर्स नेपालले नै गरेको परियोजनाका प्रबन्ध निर्देशक सञ्जीव रोकायाले जानकारी दिनुभयो । विशेषगरी स्थानीय महिलालाई रोजगारी उपलब्ध गराउने र पर्यटन क्षेत्रमा नयाँ प्रयोग गर्ने उद्देश्यले यो परियोजना विकास गरिएको हो ।

सेफ स्टिल प्रालि, जाल्पादेवी इन्फ्राटेक, वाइटह्याट कन्स्ट्रक्सन र डिजाइन रिपलले स्काई टावर बनाउनका लागि प्राविधिक सहयोग गरेको हो । स्काई वाक टावरको सञ्चालन पनि महिलाले नै गर्नेछन् र त्यहाँ अधिकांश कर्मचारी महिला नै राखिने गरी तालिम दिइसकिएको जनाइएको छ । उद्घाटन कार्यक्रममा गायिका एलिना चौहान र नायिका वर्षा राउतले साङ्गीतिक प्रस्तुति राख्नुभएको थियो ।रासस