२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावी सभालाई सम्बोधन गर्न डडेल्धुरा पुग्नुभयो प्रधानमन्त्री देउवा



अ+ अ-

काठमाडौँ । चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुरा पुग्नुभएको छ ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबमोजिम बिहीबारदेखि उम्मेदवार तथा राजनीतिक दलहरुलाई निर्वाचन प्रयोजनका लागि जुलुस, आमसभा, कोणसभाजस्ता गतिविधि गर्न अनुमति दिएसँगै चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा डडेल्धुरा पुग्नुभएको हो ।

उहाँ डडेल्धुरा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत हुनुहुन्छ । यसअघि प्रधानमन्त्री देउवाले चुनावी सभामा सहभागी हुन निर्वाचन आयोगसमक्ष पत्र लेखी अनुरोध गर्नुभएको थियो ।

आयोगले उहाँलाई सरकारी स्रोत र साधनको प्रयोग नगर्ने र आफ्नै वा पार्टीको खर्चमा सहभागी हुन अनुमति दिएको थियो । त्यसपछि प्रधानमन्त्री देउवा हिजो बुधबार निजी हेलिकप्टरमार्फत धनगढी पुग्नुभएको र निजी निवासमा बस्नुभएको थियो ।




भर्खरै