२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मातहतका निकायलाई इमानदार भएर काम गर्न मेयर शाहको निर्देशन(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले इमानदार भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिनु भएको छ ।

कुनै पनि कामलाई सफल बनाउन स्वच्छ र इमान्दार हुनुपर्ने उहाँको भनाई थियो । बुधबार काठमाडौंमा आयोजित ‘काठमाडौं महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धि छलफल’ कार्यक्रममा बोल्दै उहाँले जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुंगो लगाउन नहुने धारणा समेत राख्नु भएको छ ।

जघन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरुपण गराउन भ्रष्ट आचरण भएकाहरुले बाधा अवरोध पुर्याउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने मेयर शाहले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘नेपालमा के चलन छ भने ठूल्ठूला केसहरु फेरी मेलमिलापमै समाधान हुन्छन । स–साना केसहरु चाँही ५ वर्ष, १० वर्ष अदालतमा अड्किन्छ । त्यो हुनुहुन्न । एकदमै जघन्य अपराध भएका कुराहरुलाई पनि हामीले मेलमिलाप गरेर सल्टयाई दिन्छौं । त्यस्तो हुुनु हुँदैन । त्यो चाँही जुन अदालतमै जानुपर्ने, जुन एकदमै जघन्य अपराधमा पर्छ । जसका लागि सजायनै हुुनुपर्दथ्यो । त्यस्ता चिजहरुमा मेलमिलाप हुनुहुँदैन । त्यस्ता चिजहरुलाई सम्बन्धित निकायमै लैजानुपर्ने हुन्छ ।

यो केसमा कुनै पनि किसिमको भ्रष्ट आचरण आयो भने त्यो सफल हुन सक्दैन । त्यही भएर हामी स्वच्छ हुनुपर्दछ । हामी आफैंमा इमान्दार हुनु पर्दछ । हामी स्थानीय सरकार भएको हुनाले हाम्रो ठाउँ र नगरप्रति बफादार भयौं भने यसले निकै राम्रो काम गर्नेछ ।’

मेयर शाहले स्थानीय सरकारलाई बलियो बनाउन सकेमात्रै महिला हिंसालगायतका जघन्य अपराधका घटनालाई निष्तेज पार्न सकिने बताउनु भयो ।