१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

मातहतका निकायलाई इमानदार भएर काम गर्न मेयर शाहको निर्देशन(भिडीयोसहित)

मातहतका निकायलाई इमानदार भएर काम गर्न मेयर शाहको निर्देशन(भिडीयोसहित)
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले इमानदार भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिनु भएको छ ।

कुनै पनि कामलाई सफल बनाउन स्वच्छ र इमान्दार हुनुपर्ने उहाँको भनाई थियो । बुधबार काठमाडौंमा आयोजित ‘काठमाडौं महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धि छलफल’ कार्यक्रममा बोल्दै उहाँले जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुंगो लगाउन नहुने धारणा समेत राख्नु भएको छ ।

जघन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरुपण गराउन भ्रष्ट आचरण भएकाहरुले बाधा अवरोध पुर्याउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने मेयर शाहले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘नेपालमा के चलन छ भने ठूल्ठूला केसहरु फेरी मेलमिलापमै समाधान हुन्छन । स–साना केसहरु चाँही ५ वर्ष, १० वर्ष अदालतमा अड्किन्छ । त्यो हुनुहुन्न । एकदमै जघन्य अपराध भएका कुराहरुलाई पनि हामीले मेलमिलाप गरेर सल्टयाई दिन्छौं । त्यस्तो हुुनु हुँदैन । त्यो चाँही जुन अदालतमै जानुपर्ने, जुन एकदमै जघन्य अपराधमा पर्छ । जसका लागि सजायनै हुुनुपर्दथ्यो । त्यस्ता चिजहरुमा मेलमिलाप हुनुहुँदैन । त्यस्ता चिजहरुलाई सम्बन्धित निकायमै लैजानुपर्ने हुन्छ ।

यो केसमा कुनै पनि किसिमको भ्रष्ट आचरण आयो भने त्यो सफल हुन सक्दैन । त्यही भएर हामी स्वच्छ हुनुपर्दछ । हामी आफैंमा इमान्दार हुनु पर्दछ । हामी स्थानीय सरकार भएको हुनाले हाम्रो ठाउँ र नगरप्रति बफादार भयौं भने यसले निकै राम्रो काम गर्नेछ ।’

मेयर शाहले स्थानीय सरकारलाई बलियो बनाउन सकेमात्रै महिला हिंसालगायतका जघन्य अपराधका घटनालाई निष्तेज पार्न सकिने बताउनु भयो ।