५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव अंग दान गर्ने कामलाई राष्ट्रिय अभियानका रुपमा अघि बढाउनुपर्नेः मन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले मानव अंग दान गर्ने कामलाई राष्ट्रिय अभियानका रुपमा अघि बढाउनुपर्नेमा जोड दिनु भएको छ ।

किड्नीलगायतका अंगहरु फेल भएर बसेकाहरुको पुनर्जन्म हुने भएकाले मृत्य पर्यन्त अंग दान गर्ने कार्यलाई अभियानको रुपमा अघि बढाउन उपयुक्त हुने उहाँको भनाई थियो । मारबाडी सेवा समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले दान गरिएको अंगहरुले मान्छेको पुनर्जन्म गराउने र उनीहरुको स्वस्थ जीवनले मुलुकलाई समृद्ध बनाउन योगदान पुर्याउने भएकालेपनि मानव अंग दान अति आवश्यक रहेको स्पष्ट पार्नु भयो ।

मन्त्री श्रेष्ठले भन्नु भयो, ‘हामीसँग निश्चित अंगहरु छन । ती मृत्य पछि पनि प्रयोग हुँदो रहेछ । र, त्यसलाई प्रयोग गर्न सक्दाखेरी पीडामा रहेकाहरुलाई नयाँ जीवन दिन सकिँदो रहेछ । किड्नी पनि एउटा पक्ष रहेछ । यदि हामीले हाम्रा किड्नीहरु, कलेजोहरु हामीले मृत्यु पछि दिन सक्छौं । र, त्यो दिएको कुराहरुले अर्को मान्छेलाई हामीले पुनर्जीवन दिन सक्छौं । त्यो कामलाई हामीले व्यापकता दिन सक्यौं भने त्यो हामीले धेरै ठूलो सेवा गर्न सक्ने, पुनर्जन्म दिन सक्ने मानवीय सेवा हुँदो रहेछ । मानव अंग दान गर्ने अभियानको रुपमा लैजान सक्यांै भने तन्दुरुस्त मान्छेको रुपमा पनि हामीले अगाडि बढाउन सक्छौं । त्यो काममा लाग्नु पर्दछ । ’

मन्त्री श्रेष्ठले अंग दान गरेर अरुको जीवन दान गर्नु ठूलो मानवीय सेवा भएकाले यसलाई व्यापक बनाएर लैजानुपर्ने बताउनु भयो । त्यस अवसरमा उहाँले मानवीय सेवाको क्षेत्रमा मारबाडी समुदायले खेल्दै आएको भूमिकाको पनि चर्चा गर्नु भएको थियो ।




भर्खरै