१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

संविधान रक्षा गर्ने दायित्व नभुल्न गृहमन्त्रीको आग्रह

संविधान रक्षा गर्ने दायित्व नभुल्न गृहमन्त्रीको आग्रह
file
अ अ+ अ-

भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले केही राजनीतिक दलहरू जनताको लामो सङ्घर्ष र बलिदानपश्चात् संविधानसभाबाट बनाइएको संविधान रक्षा गर्ने दायित्व नभुल्न आग्रह गर्नुभएको छ ।

सत्ता गठबन्धन रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवारसमेत रहनुभएका मन्त्री खाणले आज भैरहवामा आयोजित कार्यक्रममा सार्वभौमसत्ता जनतामा निहित हुने व्यवस्था उल्ट्याउने षड्यन्त्र भइरहेको सन्देह गर्दै त्यसलाई चिर्न आवश्यक रहेको बताउनुभयो ।

जनप्रतिनिधिले बनाएको संविधान संसद्मा दुई तिहाइ मतले संशोधन गर्न सकिने भए पनि जनआन्दोलनको मर्म र भावनाविपरीत संविधानलाई नै धरापमा पारेर प्रतिगमनलाई मलजल गर्नु गलत भएको मन्त्री खाणको तर्कछ ।

“संविधान विरोधीप्रति सचेत हुन र निर्वाचनमार्फत त्यस्तो रणनीतिमा लाग्ने शक्तिलाई परास्त गर्न आमनागरिकलाई आग्रह गर्दछु ।” उहाँले भन्नुभयो, “निर्वाचनमा होमिएका केही दलहरुको संसद्मा उपस्थिति नै नगन्य हुन्छ, ती दलबाट कसरी विकास र समृद्धिको जनताले आशा गर्ने ? कसरी विश्वास गर्ने ?”

आगामी निर्वाचनपछि सत्ता गठबन्धनको सरकार बन्ने बताउँदै उहाँले भन्नुभयो, “पाँच दलीय गठबन्धनको त अहिले पनि सरकार छ, भोलि निर्वाचनपछि पनि हुन्छ, यही गठबन्धनले विकास गर्छ, जनचाहनाअनुसार काम गर्छ ।”

लामो सङ्घर्षपश्चात् ल्याएको व्यवस्थामा नागरिकको अवस्था परिवर्तन गर्न कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमोर्चाबीच गठबन्धन गरेर निर्वाचनमा होमिएको बताउँदै गृहमन्त्री खाणले निर्वाचनपछि बन्ने गठबन्धन सरकारले नागरिकको अवस्था परिवर्तन गर्ने रणनीतिक योजना ल्याउने बताउनुभयो ।

मुलुकमा शान्ति, स्थिरता, सुशासन र विकास एउटै दलले बहुमत ल्याएर गर्न अप्ठ्यारो पर्ने भएकाले गठबन्धन गरेर निर्वाचनमा होमिएको उहाँको भनाइ थियो ।