१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक सय खर्बको अर्थतन्त्र बनाउने एमालेको दाबी



अ+ अ-

काठमाडौँ । आगामी पाँच वर्षभित्र रु एक सय खर्ब बराबरको कूल गार्हस्थ्य उत्पादन (जिडीपी) पुर्याउने दाबी गर्दै नेकपा (एमाले)ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । हाल रु ४८ खर्ब बराबरको जिडीपी रहेको छ ।

पाँच वर्षभित्र नेपालीको औसत प्रतिव्यक्ति आम्दानी अमेरिकी डलर दुई हजार चार सय बराबर पुुर्याउने लक्ष्य समेत सो दलले राखेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज यहाँ सार्वजनिक गर्नुभएको घोषणापत्रमा प्रारम्भमा सात प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने र आगामी पाँच वर्षभित्र त्यसलाई दुई अङ्कमा पु¥याउने लक्ष्य राखिएको छ । नेपाली अर्थतन्त्रलाई विश्वको उदीयमान अर्थतन्त्र बनाउने सो दलले उल्लेख गरेको छ ।

उद्योग व्यवसाय दर्ताका लागि आवेदन परेको सात दिनभित्रै स्वीकृति दिने, स्वीकृति दिन नसकिने भए कारण खोली त्यसको जानकारी दिने विषयलाई घोषणापत्रमा समावेश गरिएको छ । कृषि तथा वन, उद्योग, पर्यटन, ऊर्जा, सूचना प्रविधि र भौतिक पूर्वाधारलाई आर्थिक वृद्धिको प्रमुख संवाहकका रूपमा विकास गर्ने उल्लेख गरेको सो दलले सार्वजनिक, सहकारी, निजीलगायतका सबै माध्यमबाट आर्थिक वृद्धिका प्रमुख संवाहक क्षेत्रमा लगानी गरी राष्ट्रिय उत्पादन वृद्धि गर्ने योजना अगाडि सारेको छ ।

राष्ट्रिय बचत वृद्धि गरी लगानीको दायरा विस्तार गर्ने र स्थायित्वसहितको सुदृढ अर्थतन्त्र निर्माण गर्ने, ठूला पूर्वाधारमा लगानी विस्तार गर्ने, प्राकृतिक स्रोत, साधन, पूँजी, जनशक्ति र प्रविधिको पूर्ण परिचालन गर्दै जिडिपीमा प्रदेशको योगदानमा रहेको असन्तुलन घटाउने नीति अबलम्वन गर्ने लक्ष्य राखेको छ ।

‘दिगो आर्थिक विकास, उच्च आर्थिक वृद्धिदर’ भन्ने नारा तय गरेको सो पार्टीले समातामूलक न्यायपूर्ण समाजको सुदृढ आधार तयार पार्ने र नेपाली अर्थतन्त्रको विस्तार गर्ने विषयलाई घोषणापत्रमा समावेश गरेको छ ।