२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनाव विथोल्ने निर्णय गर्यो विप्लव समूहले



अ+ अ-

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आसन्न आम निर्वाचन विथोल्ने निर्णय गरेको छ ।

यही कात्तिक ४ गते बसेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठकले निर्वाचनलाई खारेज गर्ने निर्णय गरेको थियो । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा स्थायी कमिटीका सदस्य सन्तोष बुढामगरले चुनाव खारेज अभियानअन्तर्गत देशव्यापीरुपमा भण्डाफोर र प्रचार अभियान चलाउने निर्णय भएको जानकारी दिए ।

बैठकले विप्लवका दाजु वीरजंगको मृत्युबारे अध्ययन गर्न पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा पाँच सदस्यीय छानबिन समितिसमेत गठन गरेको छ ।