१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवासँग प्रकाण्डको भेट



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने र बन्दीहरूको रिहाइ लगायतका विषयमा छलफल भएको बताइएको छ ।

विसं २०७७ फागुन २१ गते नेपाल सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न सो पार्टीले माग गर्दै आएको छ ।

अझै देशैभर विप्लव नेकपाका १२० जना नेता कार्यकर्ता जेलमै रहेको बताइएको छद्ध । उनीहरुको रिहाइका लागि नेकपा नेताहरुले सत्ता गठबन्धन दलका शीर्ष नेताहरुसँग भेट गर्दै आएका छन् ।