१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

उम्मेदवारलाई फसाउने नियतले उजुरीहरु आएः आयुक्त भण्डारी

उम्मेदवारलाई फसाउने नियतले उजुरीहरु आएः आयुक्त भण्डारी
अ अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगमा केही उजुरीहरु उम्मेदवारलाई फसाउने नियतका साथ आएको पाइएको छ ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कतिपय उजुरीहरु अरुलाई फसाएर फाइदा लिने गरी झुटा विवरणहरुसहित आएको बताउनु भएको हो । सोमबार अपरान्ह न्यूज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उहाँले आयोगमा सोसम्बन्धि १५० वटा उजुरी रहेको र करिव ५० वटा उजुरी भने कारबाहीका लागि योग्य रहेको स्पष्ट पार्नु भयो । निर्वाचन आयुक्त भण्डारीले विगतको निर्वाचनहरुमा भन्दा अहिले हुन गईरहेको निर्वाचनमा आचारसंहिता उलंघनको घटना कम देखिएको समेत बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘निर्वाचन आचारसंहीतामा धेरै उजुरीहरु परे, निर्वाचनको सन्दर्भमा आचारसंहीता उल्लंघन भइरहेको छ भन्ने छ । हामीले तुलनात्मक रुपमा विगतका निर्वाचन र अहिले भइरहेको र गत स्थानीय तहको निर्वाचन, तीन वटै निर्वाचनलाई समष्टिगत मूल्यांकन गरी हेरेका छौँ ।

तुलनात्मक रुपमा भन्नुपर्दा यो भन्दा अघिका निर्वाचनमा जुन अनुपातमा आचारसंहीता उल्लंघन हुन्थ्यो । सो अनुपातमा अहिलेको निर्वाचनमा आचारसंहीता उल्लंघनको घटना कम भन्ने आयोगको रेकर्डमा देखिन्छन् । किन भयो भने शुरुदेखि नै आचारसंहीताको विषयमा आयोग र दल संयुक्त रुपमा छलफल गर्दा कडाईका साथ आचारसंहीता परिपालन गर्नुपर्छ भनेर राजनीतिक दलहरुबाट पनि सुझाव आए । त्यो सुझावलाई कार्यान्वयन गर्न हामी पनि कडाईका साथ प्रस्तुत हुन्छौँ है भनेर आयोगले पनि प्रतिवद्धता जनाएको अवस्था हो । अहिले त्यो हुँदाहुँदै पनि १५० भन्दा बढी उजुरीहरु छन्, आचारसंहीता उल्लंघन भएका ।

कतिपय उजुरीहरु सत्यतामा आधारित छन् । कतिपय उजुरीहरु अरुलाई फसाएर फाइदा लिने प्रयोजनका लागि झुटा विवरणका उजुरीहरु पनि छन् । त्यसो भएकाले आयोगले ती उजुरीहरु उपर पहिला के हो तपाईको तथ्यगत भनाइ भनेर उहाँलाई आफ्नो स्पष्टीकरण पेस गर्ने मौका दिएको हो । हामी त्यसलाई मात्रै प्रमाण राखेर हेर्दैनौँ । हामी मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा र प्रमुख जिल्ला अधिकारीको सहसंयोजकत्वमा अनुगमन अधिकारीहरु सम्बन्धित निर्वाचन क्षेत्रमा हुनुहुन्छ । सबै निर्वाचन अधिकृतहरु अनुगमन अधिकारी हो ।

अनसगमनको सवालमा तपाईहरु अलि कडाईका साथ पेस हुनुस्, ताकि यो निर्वाचन भनेको आचारसंहीत कसैले पनि उल्लंघन नगरीकन सीमारेखा भित्र रहेर निर्वाचनमा स्वच्छ प्रतिष्पर्धा गर्नुस्, ताकि त्यसको परिणामा सबै जनताले सहजता स्वीकार्न सकुन् भनेर हामीले शुरुदेखि नै निर्देशन दिँदै आइरहेका छौँ । आयोग आचारसंहीता परिपालन गर्नको लागि कडाईका साथ प्रतिवद्ध छ । विगतको भन्दा अहिले घटनाक्रम कम छ ।

उजुरी नै नपरेको भन्ने होइन, जतिपनि आयोगमा उजुरी परेका छन्, त्यो उजुरीहरु हामीले छानबिन गरिरहेका छौँ । कतिपय सचेत गराउनुपर्ने कतिपय झुटा उजुरीहरु तामेलीमा राख्नुपर्ने, कतिपय सजाय नै गर्नुपर्ने प्रकृतिका उजुरीहरु छन् । आयोगको आफ्नै परम्परा, कानून, संविधानले दिएको सीमा छ । त्यो भित्र रहेर हामी अनुसन्धान गर्छौं । अनुसन्धानबाट जे ठहर्छ, आयोगले जे निर्णय गर्छ, भोलि यहाँहरुसमक्ष सार्वजनिक हुन्छन् । लगभग ४०/५० वटा जति आयोग निर्णय गर्नसक्ने स्थितिमा पुगिसकेको छ ।’

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको उलंघनको घटनाको उजुरीमाथि छानवीन गर्ने क्रम जारी रहेको पनि जनाएको छ । आगामी मंसीर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता उलंघन हुन नदिने गरी अनुगमनको आवश्यक व्यवस्था मिलाइएको पटकपटक दोहो¥याउनु भयो ।