१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

कांग्रेसको सङ्कल्पपत्रः वार्षिक न्यूनतम सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

कांग्रेसको सङ्कल्पपत्रः वार्षिक न्यूनतम सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य
अ अ+ अ-

काठमाडौँ । उदार नीति, निजीकरण र खुला बजारको आर्थिक सवलीकरणका मुद्दालाई स्थापित गर्दै मुलुकको आर्थिक विकासमा अग्रणी भूमिका खेल्दै आएको नेपाली कांग्रेसले अर्थतन्त्रलाई पुनः चलायमान बनाउने नीति अघि सारेको छ ।

उदार अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएको कांग्रेसले मुलुकलाई आर्थिक प्रगतिको नयाँ चरणमा उकास्ने महत्वाकाङ्क्षी नीतिसहित पार्टीको चुनावी सङ्कल्पपत्र सार्वजनिक गरेको हो ।

सङ्कल्पपत्रमा समुन्नत नेपालको अर्थतन्त्रको खाँका प्रस्तुत गरेको कांग्रेसले ७५ वर्षअघि पार्टीका संस्थापक बिपी कोइरालाले सङ्कल्प गरेको समुन्नत नेपाल, समतामूलक समाजको परिकल्पनाको विस्तारित व्याख्या गरेको गरेको छ । कांग्रेसले लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियाबाट जनताको भावनाअनुसार अग्रगामी आर्थिक(सामाजिक रुपान्तरणको नीति अवलम्बन गर्ने उल्लेख गरेको छ ।

नेपालमा प्रजातन्त्र स्थापनापछि धेरै पटक सरकारको नेतृत्व गरेको कांग्रेसको उदार अर्थनीति, निजीकरणको अवधारणाले मुलुकको उद्योग र व्यापार प्रवद्र्धनका साथै अर्थतन्त्रलाई उकास्न महत्वपूर्ण योगदान रहेको छ । ‘बहुदलीय लोकतन्त्र स्थापना भएपछि २०४८ मा नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारले जसरी मुलुकलाई आर्थिक प्रगतिको नयाँ चरणमा उकासेको थियो यसैगरी मध्यमकालीन संरचनात्मक सुधारको नेतृत्व अब पुनः नेपाली कांग्रेसले नै गर्नेछ’ सङ्कल्पपत्रमा भनिएको छ ।

‘कांग्रेसको मूलमन्त्रः संविधान र लोकतन्त्रः असल शासन समुन्नति बलियो अर्थतन्त्र भन्ने’ नाराका साथ कांग्रेसले अर्थतन्त्रको सवलीकरणका लागि नीति अख्तियार गरेको संकल्पपत्रमा उल्लेख छ । कांग्रेसले अघि सारेको आर्थिक समृद्धि र समुन्नतिको यात्रालाई सार्थक तुल्याउन पुनः नेतृत्वमा पुगेर आर्थिक क्षेत्रलाई व्यापक सुधार गर्ने नीति सङ्कल्पपत्रमार्फ्त लिइएका सङ्कल्पपत्र प्राविधिक मस्यौदा समितिका संयोजकसमेत रहनुभएका अर्थशास्त्री डा स्वर्णीम वाग्लेले बताउनुभयो ।

“विसं २०४८ मा जुन मुलुकको अर्थतन्त्रलाई नै कोल्टे फेर्ने गरी नयाँ समुन्नतिको यात्रा तय गरेका थियो । विविध कारणले त्यो अन्योलमा थियो अब त्यसलाई पूरा गर्न चाहन्छौँ । असल शासनको जगमा सशर्त अन्तर्राष्ट्रिय भूमिकालाई परिचालन गरेर बलियो अर्थतन्त्र बनाउने एजेण्डा सङ्कल्पपत्रको सार हो”, डा वाग्लेले भन्नुभयो ।

पार्टी कार्यालय सानेपामा कांग्रेसको सङ्कल्पपत्र सार्वजनिक कार्यक्रममा आर्थिक एजेण्डा प्रस्तुत गर्दै डा वाग्लेले आर्थिक विकासका लागि बाधक बनेका अर्थतन्त्र र आर्थिक उदारीकरणसँग जोडिएका करिब ४० ऐन संशोधन तथा नयाँ ऐन बनाउने पार्टीको कार्ययोजना रहेको बताउनुभयो ।

संकल्पपत्रमा निजी क्षेत्रसँगको परामर्शमा खारेज, सुधार वा नयाँ निर्माण गर्नुपर्ने करिब २ दर्जन ऐनहरुको ‘ओम्निबस आर्थिक प्याकेज’ ५ महिनाभित्र ल्याउने उल्लेख गरेको छ ।

त्यसैगरी सार्वजनिक खर्च पुनरकवलोकन आयोगका अध्ययनहरुलाई अद्यावधिक गरी उपादेयता नदेखिएका विभाग र सार्वजनिक संस्थाहरु खोज गर्ने समेत कांग्रेसले संकल्पपत्रमा उल्लेख गरेको छ । कांग्रेसले नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमलाई १०० दिनभित्रै बिस्तार गरी कार्यान्यन गर्ने समेत प्रतिबद्धता जनाएको छ ।

साथै, आर्थिक स्थायित्व सुनिश्चित गर्दै फराकिलो आर्थिक वृद्धिमार्फत् लाखौँको सङ्ख्यामा रोजगारी सिर्जना गर्न अर्थतन्त्रलाई आयातमुखीबाट उत्पादनमुखी बनाउनुपर्ने पर्ने आवश्यकता औँल्याउँदै कांग्रेसले सीपमूलक रोजगारीमा युवालाई अभिमुखीकरण गर्ने, उत्पादकत्व अभिवृद्धिका लागि पूर्वाधार निर्माण गर्ने र आर्थिक सुशासन कायमलाई प्राथमिकतामा राखेको छ ।

कांग्रेसले ‘कोखदेखि शोकसम्म’ एकीकृत सामाजिक सुरक्षाको अवधारणाअनुरुप सबै नागरिकलाई जीवनचक्रको एक वा बढी चरणमा समेट्ने प्रण गरेको छ । परिवर्तनशील आर्थिक संरचनामा रोजगारीको प्रकृति, श्रम र पुँजीको प्रतिफल र स्वामित्वको हिस्सा, बिहेवारी एवम् सन्तानमा गरिने फरक लगानीका कारण पनि असमानता बढ्दै गएकाले तिनको न्यूनीकरण गर्ने प्रयत्न गरिने सङ्कल्पपत्रमा उल्लेख छ ।

कांग्रेसका महामन्त्री एवं सङ्कल्पपत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्माले समुन्नत नेपालको परिकल्पना र संविधानको रक्षा गर्दै आफ््नो नेतृत्वमा सरकार गठन गर्ने अठोटका साथ आगामी निर्वाचनका लागि चुनावी सङ्कल्पपत्र ल्याइएको बताउनुभयो ।

‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिसहितको आधारः नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने मूल नारासहित कांग्रेसले निरन्तरतामा नवीनता र समुन्नत नेपालको मार्गचित्रसहितका विषयवस्तु प्रस्तुत गरेको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशका लागि ल्याएको सङ्कल्पपत्रमा पाँच वर्षभित्र १२ लाख ५० हजार रोजगारी सिर्जना गर्ने र न्यूनतम वार्षिक सात प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्ने प्रतिबद्धता जनाएको छ ।

पाँच वर्षको अवधिमा गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच अभिवृद्धि गर्दै सबैलाई स्वास्थ्य बीमा, सवल स्वास्थ्य प्रणालीको अवधारणासहित ‘तीन त्रिहत्तर’को अवधारणा अघि सारेको कांग्रेसले तीन वर्षमुनिका बालबालिका र ७३ वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरिने सङ्कल्पपत्र लिएको छ ।

‘डिजिटल नेपालः सुशासन र समुन्नतिको आधार’ भन्ने नाराका साथ सूचना प्रविधिलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गर्न, प्रविधिमा पहुँच पु¥याई विशेष गरी युवा उद्यमी, अनुसन्धानकर्ता र समग्र निजी क्षेत्रको सिर्जनशीलता प्रवद्र्धन गर्न उपयोग गर्ने कांग्रेसले नीति लिएको छ ।

नेपालको कूल गार्हस्थ्य उत्पादनमा अनुसन्धान तथा विकासको अंश ० दशमलव ३ प्रतिशत रहेकोमा यसलाई बढाएर ० दशमवल ७ प्रतिशत पु¥याइने भनिएको छ । निर्यातमुखी डिजिटलाइजेशनलगायत सूचना सञ्चार क्षेत्रमा दुई लाख युवा संलग्न गराइने उल्लेख छ ।