२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति थापाका उत्तराधिकारी शर्माले आजदेखि कार्यभार सम्हाल्दै



अ+ अ-

काठमाडौं । कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले आजदेखि कार्यभार सम्हाल्नुभएको छ । एक महिनापछि उनी मुलुकको ४४ औँ प्रधानसेनापति बन्दै हुनुहुन्छ । 

प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २४ मा सकिँदैछ । उहाँले अनिवार्य अवकाश पाएसँगै हिजो (आइतबार)देखि घर बिदामा बस्नुभएको छ । 

राष्ट्रपति विद्यादेवि भण्डारीले साउन १२ गतेको मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार शर्मालाई साउन १७ गते  कामु प्रधानसेनापतिमा नियुक्त गर्नुभएको थियो । 

उहाँले आगामी भदौ २४ गते  नेपालको ४४ प्रधानसेनापतिको फुलि लगाउनुहुनेछ । त्यसअघि एक महिनासम्म उहाँले कायम मुकायम प्रधानसेनापतिको रुपमा काम गर्नुहुनेछ । 

शर्माले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गर्नुभएको छ भने भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) को तालिम र अमेरिकामा पनि सैन्य शिक्षा हासिल गरिसक्नुभएको छ । 

शर्मा प्रधानसेनापति हुने ब्राह्मण समुदायका पहिलो व्यक्ति समेत हुनुहुन्छ ।