काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुन गइरहेको सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा पहिलो पटक सुदूरपश्चिम प्रदेशको टोलीले पनि सहभागिता जनाउने भएको छ ।
अर्को महिना आयोजना हुन गइरहेको लिगको छनोटका लागि बाजुराको रानीवन स्पोर्टस् क्लबले आइतबार एन्फामा नाम दर्ता गराएको हो ।
क्लबले अहिले जिल्लामै अभ्यास थालिरहेको छ । यस्तै छनोटका लागि टोलीको तयारीसँगै खेलाडी छनोट पनि भइरहेकोले इच्छुक खेलाडीलाई सम्पर्क गर्न पनि क्लबले आह्वान गरेको छ ।
एन्फाले सी डिभिजन लिग छनोटको दर्ताका लागि साउन मसान्त सम्मको समय तोकेको छ ।
रानीवन सुदूरपश्चिमबाट सी छनोट खेल्न दर्ता हुने पहिलो क्लब समेत बनेको छ ।