२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा खारेजको मागमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले तत्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीचको एकता खारेजको माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

तत्कालिन राजपासँग पार्टी एकता गरी आएका राष्ट्रिय जनमुक्ति पार्टीका राजकुमार थापाले एकीकरण प्रक्रिया नमिलेको भन्दै खारेजीको मागसहित रिट दर्ता गराएका थिए ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले राजपा र समाजवादी पार्टीबीचको एकता खारेज नपर्ने आदेश जारी गरेको हो ।