२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको केन्द्रीय कमिटी बैठक सुरु



अ+ अ-

काठमाडौं । विधान महाधिवेशनको तयारीमा जुटेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । 

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बैठक सुरु भएको हो । 

केहीबेर अघिमात्र स्थायी कमिटीको बैठक बसेको एमालेमा विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्ताव लगायत संगठनात्मक निर्णय लिनका लागि केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । 

बैठकले स्थायी समिति बैठकले पारित गरेको विधान संशोधन सम्बन्धि प्रस्ताव अनुमोदन गर्नेछ ।